close

मोबाइलमा नमस्ते पे डाउनलोड गर्दा ८० रुपैयाँ पाइने

टेकपाना टेकपाना

बैशाख १, २०८० १२:४

मोबाइलमा नमस्ते पे डाउनलोड गर्दा ८० रुपैयाँ पाइने

काठमाडौं । डिजिटल वालेट नमस्ते पेले नयाँ वर्ष २०८० को अवसरमा नयाँ अफर सार्वजनिक गरेको छ । यसअन्तर्गत प्रयोगकर्ताले नमस्ते पे एप आफ्नो मोबाइलमा इन्स्टल गर्दा ८० रुपैयाँको ब्यालेन्स प्राप्त गर्नेछन् ।

यसका लागि प्रयोगकर्ताले नमस्ते पे मोबाइल एप डाउनलोड गरेर आफ्नो केवाईसी भेरिफाइ गर्नुपर्ने छ । साथै ग्राहकले अन्य थुप्रै क्याशब्याक तथा अफरहरू प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

यो अफर १५ वैशाखसम्म सञ्चालन हुनेछ । साथै प्रयोगकर्ताले एप डाउनलोड गरेको २४ देखि ४८ घण्टामा ८० रुपैयाँ ब्यालेन्स प्राप्त गर्नेछन् । 
 

पछिल्लो अध्यावधिक: बैशाख १, २०८० १२:४