काठमाडौं । एन्ड्रोइड र एप्पलको अपरेटिङ सिस्टमबीचको खाडल धेरैका लागि समस्याकाे विषय हो ।
हालै एक डेभलपरले म्याकओएसको लागि एउटा एप विकास गरेका छन्, जसले गुगलको 'नियरबाइ शेयर' (Nearby Share) सुविधा प्रयोग गरेर एन्ड्रोइड डिभाइस र म्याकओएस कम्प्युटरहरूबीच फाइलहरू ट्रान्सफर गर्न मद्दत गर्दछ ।
यो गुगल वा एप्पलको आफ्नै कुनै आधिकारिक एप भने होइन । 'नियरड्रप' (neardrop) नाम दिइएको यो एपले एन्ड्रोइडबाट म्याकओएसमा फाइल ट्रान्सफर गर्न सहयोग गर्छ । तर म्याकबाट भने एन्ड्रोइड डिभाइसमा फाइल ट्रान्सफर गर्न सकिँदैन ।
साथै यो एपलाई अनलाइन मात्र प्रयोग गर्न सकिन्छ । यो एप कुनै एप स्टोरमा भने आइसकेको छैन । यसलाई गिटहब पेजबाट डाउनलोड गरेर प्रयोग गर्न सकिन्छ ।