close

भोलिदेखि एसीसी प्रिमियर कप क्रिकेट, माई पे वालेटबाट १५० रुपैयाँमा टिकट काट्न सकिने

टेकपाना टेकपाना

बैशाख ४, २०८० १६:५२

भोलिदेखि एसीसी प्रिमियर कप क्रिकेट, माई पे वालेटबाट १५० रुपैयाँमा टिकट काट्न सकिने

काठमाडौं । भोलिदेखि काठमाडौंमा एसिसी प्रिमियर कप सुरू हुँदैछ ।

नेपाल क्रिकेट संघ (क्यान) ले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) र मुलपानीको क्रिकेट मैदानमा प्रतियोगिताका खेल सञ्चालन हुने जानकारी दिएको छ ।

यसअन्तर्गत मुलपानीमा हुने सबै खेलका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ भने टीयू मैदानमा हुने खेलका लागि २०० रूपैयाँ टिकट शुल्क तोकिएको छ ।

अनलाइनबाट भने १५० रुपैयाँमै टिकट काट्न सकिनेछ । क्यानले यसका लागि टिकेटिङ पार्टनरका रुपमा माई पेसँग सहकार्य गरेको छ ।

नेपालसहित १० देश सम्मलित यस प्रतियोगिताको विजेता एसिया कप क्रिकेटका लागि छनोट हुन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८० १६:५४