close

एउटै प्लेटफर्मबाट धेरै एआई टुल खोज्न मन छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

बैशाख ५, २०८० १२:४०

एउटै प्लेटफर्मबाट धेरै एआई टुल खोज्न मन छ ? यसो गर्नुहोस्

काठमाडौं । अहिले जताततै आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चर्चा छ। ओपनएआईले ड्याल-ई, च्याटजीपीटी जस्ता टुल सञ्चालनमा ल्याएपछि यसको चर्चा ह्वात्तै चुलिएको हो ।

अहिले एआई एकीकृत गरिएका भिन्न भिन्न काम गर्ने वेबसाइटहरू दैनिक रुप निर्माण भइरहेका छन् । यसैले हामीलाई ती सबै एआई टुलबारे थाहा हुँदैन । तर ‘फ्युचरपेडिया’ नामक वेबसाइटबाट त्यस्ता एआई टुलहरूबारे जानकारी पाउन सकिन्छ । 

के हो ‘फ्युचरपेडिया’?

एआई एकीकृत गरिएका वेबसाइटहरूको व्यवस्थित सङ्कलन नै ‘फ्युचरपेडिया’ हो । यसमा विभिन्न एआई टुल र एआईसम्बन्धी आलेख पढ्न सकिन्छ । यसमा दैनिक जसो एआई टुलहरू थपिन्छन् ।

यस प्लेटफर्ममा प्रयोगकर्ता स्वयंले पनि आफूलाई थाहा भएको एआई टुल, एआई गतिविधिका समाचार, आलेख समेत थप्न सक्छन् । यसका लागि वेबसाइटको माथिल्लो भागमा भएको ‘सब्मिट’ अप्सन जानुपर्ने हुन्छ ।  

कसरी प्रयोग गर्ने ?

 

यो वेबसाइट प्रयोग गर्न यहाँ क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले माथि तस्वीरमा भएको जस्तो इन्टरफेस देख्न सक्नुहुन्छ ।  माथि सर्च बक्समा उपलब्ध एआई टुलको संख्या र वर्ग देख्न सक्नुहुन्छ । त्यहाँ कुनै नाम/विषयवस्तु लेखेर एआई टुल सर्च गर्न सकिन्छ । साथै तिनलाई तपाईंले मूल्य र विशेषताका आधारमा सर्ट गर्न सक्नुहुन्छ ।

त्यहाँ ‘टुल्स एडेड टुडे’ मा एक दिनमा थपिएका एआई टुलको संख्या र ‘न्युज एडेड टुडे’ मार्फत थपिएका समाचारहरू थपिएका संख्या देखिन्छ । यो सँगै तपाईंले त्यहाँ उपलब्ध विभिन्न एआई टुलहरूलाई ‘फेभरेट’ मा राख्न सक्नुहुन्छ । साथै एआई सम्बन्धी कुरा गर्न, गतिविधि थाहा पाउन ‘कम्युनिटी’ मा जोडिन सक्नुहुन्छ ।

समग्रमा यो वेबसाइट एआईमा रुचि राख्नेहरूका लागि निकै उपयोगी रहेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ५, २०८० १६:५६