close

‘घुमौं लुम्बिनी’ शीर्षकमा अन्तर्राष्ट्रिय टिकटक प्रतियोगिता हुँदै

टेकपाना टेकपाना

बैशाख ६, २०८० १६:९

‘घुमौं लुम्बिनी’ शीर्षकमा अन्तर्राष्ट्रिय टिकटक प्रतियोगिता हुँदै

काठमाडौं । २५६७ औं बुद्ध जयन्तीको अवसरमा 'घुमौं लुम्बिनी' शीर्षकमा अन्तर्राष्ट्रिय टिकटक प्रतियोगिता आयोजना हुने भएको छ ।

लुम्बिनी विकास कोष र नेपाल पर्यटन बोर्डको आयोजना एंव आईआरयू टेक प्रालिको प्राविधिक सहयोगमा 'घुमौं लुम्बिनी टिकटक प्रतियागिता' हुन लागेको हो ।

यसमा देश तथा विदेशमा रहेका सबैले सहभागी हुन सक्नेछन् । प्रतियोगितामा सहभागी हुनका लागि बुद्धको जन्मस्थल लुम्बिनीलाई बुद्ध धर्म र विश्व शान्तिको मुहानका रुपमा प्रवर्द्धन गर्ने गरी सिर्जनात्मक रुपमा टिकटक भिडिओ बनाउनुपर्नेछ ।

प्रतियोगितामा सहभागी हुनका लागि यहाँ क्लिक गरेर आफ्नो नाम, सम्पर्क नम्बर र टिकटक खाता दर्ता गर्न सकिनेछ । साथै आफ्नो टिकटक भिडिओमा #GhumauLumbini अनिवार्य प्रयोग गर्नुपर्नेछ ।

यो प्रतियोगिता वैशाख १० देखि २० गतेसम्म सञ्चालन हुनेछ । वैशाख २१ गते नतिजा प्रकाशन गरिने कोषले जनाएको छ । विजेतालाई नगदसहित विभिन्न पुरस्कार दिइने कोषले बताएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ६, २०८० १६:९