close

यी ६० एपमा भेटियो खतरनाक मालवेयर, मोबाइलबाट तुरुन्त हटाउन आग्रह

टेकपाना टेकपाना

बैशाख ७, २०८० १७:२९

यी ६० एपमा भेटियो खतरनाक मालवेयर, मोबाइलबाट तुरुन्त हटाउन आग्रह

काठमाडौं । गुगल प्ले स्टोरमा रहेका ६० एपमा खतरनाक मालवेयर फेला परेको छ । एक ब्लग लेख्दै साइबर सुरक्षामा अनुसन्धान गर्ने संस्था म्याकएफीले ती एपमा ‘गोल्डोसन’ (Goldoson) मालवेयर फेला परेको जनाएको हो ।

म्याकएफीका अनुसार मालवेयरले इन्स्टल गरिएका एप, वाई-फाई र ब्लुटुथ कनेक्ट भएका डिभाइस र लोकेसनबाट प्रयोगकर्ताको डेटा चोर्ने गरेको छ ।

यसका साथै प्रयोगकर्ताले थाहा नपाउने गरी फोनको ब्याकग्राउन्डमा विज्ञापन चलाउने गरेको पाइएको हो । यो विषय प्रयोगकर्ताको व्यक्तिगत डेटाको सुरक्षाको हिसाब नै निकै घातक रहेको बताइएकाे छ ।

हालसम्म सबै गरेर १० करोड बढी डाउनलोड भएका त्यस्ता एप मोबाइलमा भए तत्काल हटाउन म्याकएफीले अनुराेध गरेकाे छ ।

यस्ता छन् मालवेयरयुक्त एप

L.POINT with L.Pay- 10 million downloads

Swipe Brick Breaker- 10 million downloads

Money Manager Expense & Budget- 10 million downloads

TMAP- 10 million downloads

GOM Player- 5 million downloads

Megabox- 5 million downloads

LIVE Score, Real-Time Score- 5 million downloads

Pikicast- 5 million downloads

Compass 9: Smart Compass- 1 million downloads

GOM Audio - Music, Sync lyrics- 1 million downloads


मालवेयर भेटिएका अन्य एप थाहा पाउन यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: बैशाख ७, २०८० १९:८