close

उपनिर्वाचनः मौन अवधिमा सामाजिक सञ्जालमा यी काम गर्न पाइँदैन

टेकपाना टेकपाना

बैशाख ८, २०८० १५:३४

उपनिर्वाचनः मौन अवधिमा सामाजिक सञ्जालमा यी काम गर्न पाइँदैन

काठमाडौं । वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि आजदेखि मौन अवधि सुरु भएको छ ।

यस अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको छ । 

साथै निर्वाचन आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चार माध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रकाशन तथा प्रसारणजस्ता कार्य गर्न पनि निषेध गरिएको छ । 

मौन अवधिमा नियम लागू भए/नभएको निगरानी गर्न अनुगमन टोली खटाइएको आयोगले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८० १५:३९