close

सयौंको सङ्ख्यामा विद्यार्थी र गृहिणी महिलालाई रोजगारी दिँदै वेबसर्फर

टेकपाना टेकपाना

बैशाख ९, २०८० १४:१२

सयौंको सङ्ख्यामा विद्यार्थी र गृहिणी महिलालाई रोजगारी दिँदै वेबसर्फर

काठमाडौं । इन्टरनेट सेवाप्रदायक वेबसर्फरले सामाजिक उत्तरदायित्व अन्तर्गत सयौंको सङ्ख्यामा रोजगारी दिने भएको छ । विशेषगरी गृहिणी महिला र विभिन्न तहमा अध्ययनरत विद्यार्थीका लागि कम्पनीले राेजगारीकाे अवसर प्रदान गर्न लागेकाे हाे ।

यसअन्तर्गत कम्पनीले आफ्नो देशभरका शाखाका लागि आईटी, व्यवस्थापन, मार्केटिङ, सेल्स, प्राविधिक, बिक्री प्रबन्धक, ह्युमन रिसाेर्स अफिसरजस्ता विभिन्न पदमा रोजगारी दिने जनाएको छ ।

गृहिणी महिला (आमा) मात्र नभई विभिन्न तहमा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहायता दिन यस्तो अवसर ल्याएको कम्पनीका डिरेक्टर अफ अपरेसन सुजन नेपालले बताए ।

"सीप भएका गृहिणी महिला  तथा विद्यार्थीको बाँकी हुने समय सदुपयोग होस्, सीप पनि उपयोग होस् र आम्दानी पनि गर्न सकियोस् भनेर हामीले यस्तो अवसर ल्याएका हौं । यसका लागि देशका प्रायः सबै ठाउँबाट आवेदन दिन सकिन्छ ।"

उनका अनुसार सीप भएका महिला तथा विद्यार्थीले पायक पर्ने समयमा काम गरेपनि उनीहरू फूल टाइम कर्मचारी सरह काम अनुसार तलब पाउनेछन् ।  "हामीले सस्तोमा कर्मचारी राख्ने उद्देश्यले नभई सीप भएर पनि सदुपयोग गर्न नसकिरहेका महिला तथा विद्यार्थीलाई आर्थिक सहायता र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो अवसर ल्याएका हौं," उनले अगाडि भने, "यो हाम्रो सामाजिक उत्तरदायित्व अन्तर्गतको नयाँ पहल पनि हो ।"

वेबसर्फरले उपलब्ध गराउने रोजगारीका विभिन्न पदमा आवेदन दिन यहाँ क्लिक गरेर आवेदन दिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८० १४:१५