close

अब सामान्य फोनबाटै स्याटलाइट भ्वाइस कल गर्न सम्भव

टेकपाना टेकपाना

बैशाख १३, २०८० १२:५५

अब सामान्य फोनबाटै स्याटलाइट भ्वाइस कल गर्न सम्भव

काठमाडौं । स्याटलाइट फोन कुनै नयाँ कुरा होइन । यी फोनहरू प्रायः ठूला र भद्दा हुने गर्छन्, जुन सोझै  स्याटलाइटसँग कनेक्ट हुन्छ । स्याटलाइट फोनको तुलनामा स्मार्टफोनमा प्रयोग हुने प्रविधि, यसको डिजाइन र फिचर केही पनि होइन ।

यद्यपि अनुसन्धानकर्ताहरू सामान्य स्मार्टफोनबाट पहिलो पटक स्याटलाइट भ्वाइस कल गर्न सफल भएका छन् ।

‘एएसटी स्पेसमोबाइल’ नामक कम्पनीले सामान्य स्मार्टफोनबाट नै स्याटलाइट भ्वाइस कल सफलतापूर्वक सम्पन्न गरेको छ । एटी एन्ड टीको लगानीमा कम्पनीले सामसङ ग्यालेक्सी एस२२ अल्ट्रा प्रयोग गरेर पहिलो भ्वाइसकल टेक्सासबाट जापानमा गरेको हो ।

यसो भनिरहँदा फोनमा कुनै विशेष प्रकारको प्रविधि जडान गरिएको होला भन्ने लाग्न सक्छ । तर होइन, यो अन्य सामान्य फोनमा हुने जस्तै फिचर भएको ग्यालेक्सी एस२२ अल्ट्राबाट गरिएकाे स्याटलाइट भ्वाइसकल हो ।

उक्त फोनले टेक्सासबाट ब्लुवाकर थ्री स्याटलाइटमार्फत जापानमा भएको अर्को स्मार्टफोन भ्वाइस कल गरिएको थियो । 

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८० १२:५५