काठमाडौं । यदि तपाईँ नयाँ एप्पल वाच प्रयोग गरिरहनु भएको छ भने यसमा भएको वाचओएस नाइन (watchOS 9) ले तपाईँका लागि धेरै नयाँ फिचरहरू ल्याएको छ । तीमध्ये एक हो म्युजिक स्ट्रिम । अर्थात् आईफोनबिना पनि एप्पल वाचमा गीत म्युजिक एप प्रयोग गर्न सकिन्छ । साथै तपाईँ इन्टरनेटबिना पनि यो फिचर प्रयोग गर्न सक्नुहुन्छ ।
आईफोन नहुँदा एप्पल वाचमा यसरी प्रयोग गर्नुहोस् म्युजिक
- आईफोन वाच एप खोल्नुहोस्
- थोरै तल स्क्रोल गरेर 'म्युजिक' अप्सनमा क्लिक गर्नुहोस्
- 'एड म्युजिक'मा क्लिक गर्नुहोस्
- आफूलाई मनपर्न गीत, एल्बम अथवा प्लेलिस्ट डाउनलोड गर्नुहोस्
- यसपछि आफ्नो एप्पल वाचमा भएको म्युजिक एप ओपन गर्नुहोस्
- 'लाइब्रेरी'मा जानुहोस् । त्यहाँ तपाईँले डाउनलोड गरेका गीतहरू अफलाइनमा सुन्न सक्नुहुन्छ ।
यदि तपाईँ इन्टरनेटको पहुँचमा हुनुहुन्छ भने तपाईँले डाउनलोड नगरेका गीतहरू 'लिसन नाउ', 'रेडियो' अथवा 'सर्च' अप्सनमा गएर सुन्न सक्नुहुन्छ ।