काठमाडौं । स्मार्टफोन निर्माण गर्ने चर्चित ब्रान्डहरूमा सोनी पनि एक हो । तर बजारमा अन्य ब्रान्डकाे तुलनामा सोनीका धेरै फाेन छैनन् ।
साेनीले सन् २०२३ काे मुख्य स्मार्टफाेनका रूपमा 'एक्सपेरिया वन भी' (Xperia 1V) ल्याउने तयारी गरेकाे छ । आउँदो ११ मे महिना सार्वजनिक हुने याे फाेनका मुख्य फिचर बाहिरिएका छन् ।
फोनमा ६.५ इन्चको डिस्प्ले दिइएको छ भने कम्पनीले फोनको डिजाइनमा खास परिवर्तन गरेको छैन । यसको डिजाइन अन्य एक्सपेरिया सिरिजका स्मार्टफोनहरू जस्तै हुनेछ ।
फोनमा स्न्यापड्रागन ८ जेन २ एसओसी चिप प्रयोग गरिएको छ ।
१२ जीबी र्याम भएपनि कम्पनीले थप ४ जीबी भर्चुअल र्याम बढाउनसक्ने विकल्प दिएकाे छ । त्यस्तै फाेनमा ५,००० एमएएच क्षमताको ब्याट्री उपलब्ध छ ।
साथै यसमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित १२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा दिइएको छ ।