काठमाडौं । सामसङ ग्यालेक्सी डिभाइसमा अब बिङ एआई उपलब्ध हुने भएको छ । सामसङको वन यूआई एन्ड्रोइड लञ्चरमा माइक्रोसफ्टको 'स्विफ्ट की' डिफल्ट रूपमा उपलब्ध गराउने तयारी भइरहेकाे छ ।
यसअघि नै स्विफ्ट कीमा बिङ एआई एकीकृत गरिएको थियो । अब केही दिनमा सार्वजनिक हुने एपको नयाँ भर्सन ९.१०.११.१० बाट सामसङ प्रयोगकर्ताले समेत बिङ एआईको फिचर प्रयोग गर्न पाउनेछन् ।
माइक्रोसफ्टको स्विफ्ट की किबोर्ड डाउनलोड गरेका प्रयोगकर्ताले स्वत: बिङ एआईको प्रयोगमा पहुँच पाउने बताइएको छ । यद्यपि बिङ एआई प्रयोग गर्न नचाहने प्रयोगकर्ताले सेटिङमा गएर डिफल्ट किबोर्ड परिवर्तन सक्नेछन् ।
अहिले सामसङले डिफल्ट सर्च इन्जिनका रूपमा गुगलसँगको सहकार्य अन्त्य गर्ने कुरा चलिरहेको छ । यता माइक्रोसफ्टले भने गुगलको सर्च इन्जिनसँग प्रतिस्पर्धा गर्न बिङ एआई विस्तार गरिरहेको छ ।