close

ट्वीटरमा महावीर पुन र रूद्र पाण्डेको जुहारी

टेकपाना टेकपाना

बैशाख २०, २०८० ११:७

ट्वीटरमा महावीर पुन र रूद्र पाण्डेको जुहारी

काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरमा आफ्नोबारे नकारात्मक लेखेको भन्दै डियरहोल्ड लिमिटेड र डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीका संस्थापक रुद्र पाण्डेलाई राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले मानहानीको मुद्दा हाल्ने चेतावनी दिएका छन् ।

मंगलबार साँझ एक ट्वीट गर्दै पाण्डे पुनलाई 'कागजपत्र नपुर्‍याई चन्दा उठाएको पैसा गोजीमा हालेर हिँड्ने बानी छाेड्न' भनेका थिए । पाण्डेले उक्त ट्वीटमा तीन वर्षअघि अमेरिकामा आविष्कार केन्द्रका लागि उठाएको पैसा नेपाल पठाउनुअगाडि केमा खर्च गर्ने भनेर प्रोजेक्ट डकुमेन्ट माग्दा नदिएको र पुनको कारणले नै काम अड्केको लेखेका थिए । 

“महावीरको आविष्कार केन्द्रलाई उठाएको पैसा ट्रान्सफर गर्नुभन्दा अगाडि केमा खर्च गर्ने भनेर प्रोजेक्ट डकुमेन्ट मागियो । पुनले म प्रोजेक्ट दिन्न भनेर नेपालको डियरवाक फाउण्डेसनको स्टाफलाई थर्काए । अमेरिकामा च्यारिटीबाट उठेको पैसा बिना डकुमेन्ट दिन मिलेन । अन्ततः ३ वर्षपछि पुनले कागज दिए । उनको कागज प्राप्त भएपछि नेपाल समाज कल्याण परिषदको अनुमतिको पर्खाइमा छ । महावीरको तुजुकको कारणले नै ढिलाइ भएको हो । पुनले कागजपत्र नपुर्‍याई चन्दा उठाएको पैसा गोजीमा हालेर हिँड्ने बानी छाडुन्,” उनले ट्वीटमा लेखेका छन् । 

यही ट्वीटमा रिप्लाई गर्दै महावीर पुनले चन्दा उठाएको पैसा गोजीमा हाल्ने बानी पाण्डेले प्रमाणित गर्न नसके उनलाई मानहानीको मुद्धा हाल्ने बताएका हुन् । “यो धेरै धेरै ठूलो आरोप हो । तिमी लोभी छौ भन्ने कुरा मलाई थाहा छ तर तिमी पापी पनि रहेछौ । स्क्रिनशट राखेँं,” उनले भनेका छन् । 

यसपछि पनि उनीहरूबीच ट्वीटरमा जोहारी चलेको छ । पाण्डेले आज बिहान अर्को ट्वीटमार्फत उनका अमेरिकी साथीसँग धादिङको एउटा स्कुलमा इन्टरनेट पुर्‍याउन २० हजार डलर लिएर पुनले काम नगरेको आरोप लगाएका छन् । पुनले भने रिप्लाई दिँदै 'धादिङका ती गाउँमा काम भए/नभएको हेर्न सँगै जाउँ' भनेका छन् । 

ट्वीटरमा पाण्डे र पुनबीच अन्य विषयमा पनि जुहारी चलिरहेको छ ।

महाबीरको आविष्कार केन्द्रलाई उठाएको पैसा ३ वर्ष जति अगाड़ी नै नेपाल पठाएर उनीसंग पैसा आवाके ट्रांसफ़र ग़र्न भन्दा अगाड़ी पैसा केमा खर्च गर्ने भनेर प्रोजेक्ट डकुमेन्ट मागियो। पुनले म प्रोजेक्ट डकुमेण्ट दिन्न भनेर थर्काए नेपालको Deerwalk फ़ाउण्डेशनको स्टाफलाई। US को च्यारिटीबाट…

— Rudra Pandey (@rudrarajpandey) May 2, 2023

महाबीरको आविष्कार केन्द्रलाई उठाएको पैसा ३ वर्ष जति अगाड़ी नै नेपाल पठाएर उनीसंग पैसा आवाके ट्रांसफ़र ग़र्न भन्दा अगाड़ी पैसा केमा खर्च गर्ने भनेर प्रोजेक्ट डकुमेन्ट मागियो। पुनले म प्रोजेक्ट डकुमेण्ट दिन्न भनेर थर्काए नेपालको Deerwalk फ़ाउण्डेशनको स्टाफलाई। US को च्यारिटीबाट…

— Rudra Pandey (@rudrarajpandey) May 2, 2023

ए रुद्र भाई, तिमी आऊ र संगै धादिंगको ति गाउँहरुमा संगै जाउँ र त्यहाको गाउँलेहरु संग संगै कुरा गरौँ । यहि नजिकैको धादिग जिल्ला हो । त्याहाँ हामीले हालेको इन्टरनेटको टावरहरु पनि हेरौं । महाबीर्ले इन्टरनेट हालिदिएको होकी होइन भन्ने कुरा थाहा हुन्छ । धेरै फटाहा र पापी कुरा नगर ।

— Mahabir Pun (@MahabirPun) May 3, 2023

पछिल्लो अध्यावधिक: बैशाख २०, २०८० ११:१८