close

६००० एमएएच ब्याट्री र ५० मेगापिक्सेलका तीन क्यामेरा भएको सामसङ स्मार्टफोन बजारमा

टेकपाना टेकपाना

बैशाख २०, २०८० १२:२९

६००० एमएएच ब्याट्री र ५० मेगापिक्सेलका तीन क्यामेरा भएको सामसङ स्मार्टफोन बजारमा

काठमाडौं । नेपाली बजारमा सामसङको नयाँ फाइभजी स्मार्टफोन 'ग्यालेक्सी एम१४' भित्रिएको छ । कम्पनीले बुधबारदेखि देशभरका सबै शोरुमहरूमा यो मोडेलको फोन उपलब्ध भएको जानकारी दिएको छ ।

यसमा ५० मेगापिक्सेलका  तीन ओटा क्यामरा छन् । एफ १.८ लेन्सले कम प्रकाशमा पनि उच्च गुणस्तरका साथ फोटो खिच्नसक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै फोनमा सेल्फी खिच्नका लागि १३ मेगापिक्सेलको क्यामेरा छ । कम्पनीले फोनमा ६००० एमएएच क्षमताको ब्याट्री दिएको छ । कम्पनीले एक पटकको चार्जमा लगातार दुई दिनसम फोन चलाउन सकिने दाबी गरेको छ ।

''तपाईंले मोबाइलको ब्याट्री जीवनको कुनै परवाह नगरी घण्टौं घण्टासम्म लगातार ब्राउज एण्ड बिन्ज गर्न सक्नु हुनेछ,'' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै स्मार्टफोनले २५ वाटको फास्ट चार्जिङ्गलाई सपोर्ट गर्छ । त्यस्तै यो फोनको अर्को विशेषतामा ५ एनएम एक्जिनस १३३० प्रोसेसर रहेको छ ।

यो चिपसेटले प्रयोगकर्ताहरूलाई कुनै बाधा बिना बहुकार्यहरु गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ । ''यसमा पावर गुणदायक सीपीयू संरचना छ र यसले उत्कृष्ट गेमिङ्ग अनुभवका लागि सहज र थ्री डि ग्राफिक्स उपलब्ध गराउँछ,'' कम्पनीले भनेको छ ।

त्यस्तै फोनमा भर्चुअल र्‍यामको विकल्प पनि छ, जसमार्फत १२ जीबीसम्म र्‍यामको क्षमता बढाउन सकिन्छ । फोनमा ६.६ इन्चको एचडी प्लस, ९० हर्ज डिस्प्ले उपलब्ध छ ।

६+१२८ जीबीयुक्त फोनको मूल्य रु.२४,९९९ ताेकिएकाे छ ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८० १४:१९