close

पासवर्ड दिवस विशेष कविता

रोजाकिरण बासुकला

बैशाख २१, २०८० २१:४०

पासवर्ड दिवस विशेष कविता

कविता 

विश्व पासवर्ड दिवस २०२३ को शुभकामना

सबैको पासवर्ड बलियो होस् भनी गर्छु कामना

सूचना प्रविधिमैत्री साधनमा सुरक्षाको छ खाँचो

आफैसँग सुरक्षित राख्नुपर्ने यो हो डिजिटल साँचो

 

ठूला, साना, विशेष अक्षर र अङ्कको समिश्रण

यसो गरेमा लगाउन गाह्रो पासवर्डको अनुमान

सामाजिक सञ्जालमा गर्नु हुन्न आदान प्रदान

तीन तीन महिनामा गर्नुपर्छ यसको परिवर्तन

 

परिवार, साथीभाइ आफन्त भनी बाँड्दै हिँडेमा

भन्न सकिन्न कसरी पुग्छ दुःख दिनेको हातमा

पुरानो पासवर्डको पुनःप्रयोगमा लगाऔं रोक

ह्याकरको पहुँच पुगेमा उड्न सक्छ सबथोक

 

सानो असावधानीले व्यहोर्नु पर्ला ठूलो क्षति

भन्न सकिन्न भर्चुअल मनमा कस्तो छ मति

पासवर्ड बलियो बनाउन आजै चालौं अभियान

साइबर सुरक्षाका लागि आफै जिम्मेवार ठान

 

नोटः हरेक वर्ष मे महिनाको पहिलो बिहीबारलाई अन्तर्राष्ट्रिय पासवर्ड दिवसका रूपमा मनाउने गरिन्छ । लेखक रोजाकिरण बासुकला नेपाल दूरसञ्चार प्राधिकरणकी  उप-निर्देशक हुन् । 

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८० २२:५१