close

फेसबुकमा मालवेयर फैलाउन च्याटजीपीटीको नाम प्रयोग गर्ने ह्याकर बढे

टेकपाना टेकपाना

बैशाख २३, २०८० १२:२५

फेसबुकमा मालवेयर फैलाउन च्याटजीपीटीको नाम प्रयोग गर्ने ह्याकर बढे

काठमाडौं । जेनेरेटिभ एआई च्याटबटमा मानिसको चासो बढ्दै गर्दा ह्याकरहरूले भने फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा मालवेयर फैलाउन च्याटजीपीटीको प्रयोग गर्न सुरु गरेका छन् ।

फेसबुकको अभिभावक कम्पनी मेटाले सार्वजनिक गरेकाे एक रिपोर्टअनुसार च्याटजीपीटी लगायतका एआई टुलको नाम प्रयोग गरी मालवेयर फैलाउने क्रम बढ्दै गइरहेको छ । कम्पनीका अनुसार यही मार्च महिनामा कम्पनीका साइबर सुरक्षा जानकारहरुले १० ओटा मालवेयर पत्ता लगाएका छन् । 

ह्याकरले च्याटजीपीटीमा आधारित विभिन्न टुल उपलब्ध गराउने भन्दै विभिन्न मालिसियस ब्राउजर एक्स्टेन्सन दिई प्रयोगकर्तालाई झुक्याउने गर्छन् । सामाजिक सञ्जालमा आधिकारिक जस्तै देखिने गरी प्रचार गरेर प्रयोगकर्तालाई मालवेयर डाउनलोड वा इन्स्टल गर्न लगाउने गरेको पाइएको हो । 

मेटाका अनुसार ह्याकरले 'डक्टेल' मालवेयर फैलाएर मानिसहरूको फेसबुक लगायतका सामाजिक सञ्जालमा भएका व्यावसायिक तथा व्यक्तिगत अकाउन्टहरू आफ्नो नियन्त्रणमा लिने गरेका छन् । डकटेल मालवेयर सन् २०२१ देखि सुरु भएको हो, जसका मुख्य निशाना फेसुबक प्रयोगकर्ता हुन् । 

यसमा ह्याकरले प्रयोगकर्ताको ब्राउजर कुकी चोर्ने र पीडितको फेसबुक अकाउन्टबाट व्यक्तिगत विवरण, स्थान डेटा र टु फ्याक्टर अथेन्टिकेसन कोडहरू सहित प्रयोगकर्ताको जानकारी चोर्ने गरेको पाइएको हो ।

यो मालवेयरले प्रयोगकर्ताको कम्प्रमाइज भएको अकाउन्टमा सहजै पहुँच बनाउन मद्दत गर्छ । यस विषयमा कानूनी सरोकारवालालाई सूचित गराइएको मेटाले जनाएको छ । यस्तै कम्पनीले जनवरीमा 'नडस्टिलर' (NodeStealer) नामक नयाँ मालवेयर पनि पत्ता लगाएको छ ।

डकटेलले जस्तै, मालवेयरले लगइन कुकीहरू चोर्न विन्डोजमा आधारित ब्राउजरहरूलाई लक्षित गर्दछ र फेसबुक, जीमेल र माइक्रोसफ्ट आउटलुक अकाउन्टहरू कम्प्रमाइज गर्दछ । 

यो दुवै मालवेयर फैलाउनुमा भियतनामी ह्याकरको हात रहेको मेटाकाे दाबी छ ।

पछिल्लो अध्यावधिक: बैशाख २३, २०८० १२:२५