close

ह्वाट्सएपमा अब पठाइसकेको मेसेज एडिट गर्न मिल्ने

टेकपाना टेकपाना

बैशाख २७, २०८० १४:२०

ह्वाट्सएपमा अब पठाइसकेको मेसेज एडिट गर्न मिल्ने

काठमाडौं । ह्वाट्सएपमा पठाइसकेको मेसेज एडिट गर्न मिल्ने फिचर आउने भएको छ । ह्वाट्सएपको एन्ड्रोइड एपको नयाँ बेटा भर्सन (२.२३.१०.१०) मा यो फिचर आउने लागेकाे हाे ।

ह्वाट्सएपका नयाँ फिचरबारे जानकारी दिने अनलाइन पाेर्टल वाबेटाइन्फोले चाँडै नै प्रयाेगकर्ताले मेसेज एडिट गर्नसक्ने जानकारी दिएकाे छ ।याे फिचर फिचर उपलब्ध भएपछि प्रयोगकर्ताले पपअप नोटिफिकेसनबाट मेसेज एडिट गरेको थाहा पाउनेछन् ।

ह्वाट्सएपले एक वर्षदेखि यस फिचरमा काम गरिरहेकाे छ । गत वर्षको जुन महिनामा समेत ह्वाट्सएप बेटा बिल्डमा यो फिचर देखिएको थियो । अब भने यो फिचरको डेभलपमेन्ट अन्तिम अवस्थामा रहेको बुझिएको छ ।

यद्यपि कहिलेबाट यो फिचर सार्वजनिक रूपमा उपलब्ध हुन्छ भन्न कुरा खुलाइएको छैन । यसबाहेक ह्वाट्सएपले चाँडै च्याट ट्रान्सफर फिचर पनि ल्याउने तयारी गरेको ‍छ । यस फिचरबाट दुई डिभाइसमा वाई-फाई डाइरेक्टमार्फत च्याट सार्न सकिने बताइएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८० १४:२०