close

खल्तीमा क्यूएफएक्स सिनेमाको टिकट खरिद सेवा अवरुद्ध

टेकपाना टेकपाना

बैशाख २७, २०८० १७:३५

खल्तीमा क्यूएफएक्स सिनेमाको टिकट खरिद सेवा अवरुद्ध

काठमाडौं । खल्ती एपमा क्यूएफएक्स सिनेमाजको टिकट खरिदमा समस्या आएको छ ।

एक सूचना जारी गर्दै खल्तीले यसबारे जानकारी दिएको हो । क्यूएफएक्स सिनेमाजको सिस्टम माइग्रेसनका कारण सो सिनेमा चेनमा लागेका चलचित्रहरूको टिकट खरिद अवरुद्ध भएको सूचनामा उल्लेख छ ।

“क्यूएफएक्स सिनेमाजको सिस्टम माइग्रेसनका कारण खल्ती एपमार्फत मुभी टिकट खरिद सुविधा अर्को सूचना प्रकाशित नभएसम्मका लागि अवरुद्ध भएको जानकारी गराउन चाहन्छौं,” सूचनामा खल्तीले लेखेको छ ।

तर क्यूएफएक्स सिनेमाजको वेबसाइटबाट टिकट खरिद गरेर खल्तीमार्फत भने भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २७, २०८० १७:३५