close

फेसबुक मेसेन्जरमा गरेका अश्लील कुराकानी महिलाका आफन्तलाई पठाउने एक पुरुष पक्राउ

टेकपाना टेकपाना

बैशाख २८, २०८० १४:३३

फेसबुक मेसेन्जरमा गरेका अश्लील कुराकानी महिलाका आफन्तलाई पठाउने एक पुरुष पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्रहत्या गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं कीर्तिपुर नगरपालिका वडा नं. ६ बस्ने ३५ वर्षीय नरेन्द्र केसी रहेकाे साइबर ब्यूराेले जनाएकाे छ ।

ब्यूराेलाई प्राप्त उजुरी अनुसार आरोपित केसीले मेसेन्जरमा वार्तालाप गर्ने क्रममा पीडित महिलालाई ललाईफकाई अश्लीलजन्य क्रियाकलाप गर्न बाध्य पारी सोको स्क्रिन रेकर्ड गर्थे ।

उक्त रेकर्ड पीडित महिलालाई नै बारम्बार पठाई आफू अनुकूल फाइदा लिन दबाब दिन्थे । तर उक्त उद्देश्य पूरा नभए पछि पीडितका आफन्त तथा साथीलाई म्यासेन्जरमा अश्लील क्रियाकलापमा संलग्न भएको स्क्रिनरेकर्ड पठाई दुःख हैरानी दिई चरित्रहत्या गर्ने कार्य गर्थे ।

केसीलाई प्रहरी वृत कीर्तिपुरको सहयोगमा पक्राउ गरी विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा आवश्यक अनुसन्धान भइरहेको साइबर ब्यूरोले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २८, २०८० १४:३३