close

युरेपेली संघ आबद्ध देशमा गुगल बार्ड उपलब्ध नहुने

टेकपाना टेकपाना

बैशाख २९, २०८० १०:३७

युरेपेली संघ आबद्ध देशमा गुगल बार्ड उपलब्ध नहुने

काठमाडौं । गुगलले आफ्नो एआई च्याटबट 'गुगल बार्ड' युरोपेली देशहरूमा उपलब्ध नगराउने भएकाे छ । कम्पनीले आफ्नो च्याटबट विश्वका १८० देशमा उपलब्ध गराइरहँदा युरोपेली संघ आबद्ध देशहरूमा भने उपलब्ध नहुने भएको हो ।

बार्ड उपलब्ध हुने देशहरूको सूची सार्वजनिक गर्दा कम्पनीले उक्त सूचीमा युरोपेली देशका साथै क्यानडाको नाम भने उल्लेख गरेको छैन ।

विश्वभर आफ्नो सेवा विस्तार गर्दै गर्दा कम्पनीले युरोपेली संघ र क्यानडालाई किन छुट्टाएको भन्ने विषय अहिले चर्चाको विषय बनेको छ । यी देशहरू बाहेक भने अन्य १८० देशमा यो सेवा अंग्रेजीसँगै जापानी र कोरियन भाषामा पनि उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८० ११:३