close

टोपबहादुर रायमाझीलाई फेला पार्न सीआईबीले लग्यो संसद सचिवालयबाट सीसीटिभी फुटेज

टेकपाना टेकपाना

बैशाख २९, २०८० १८:४३

टोपबहादुर रायमाझीलाई फेला पार्न सीआईबीले लग्यो संसद सचिवालयबाट सीसीटिभी फुटेज

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार नेकपा एमालेका नेता एवम् सांसद टोप बहादुर रायमाझीको खोजी गरिरहेको प्रहरीले संसद सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ । बिहीबार सीसीटिभी फुटेज उपलब्ध गराइदिन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद् सचिवालयलाई पत्राचार गरेको थियो ।

फरार भनिएका सांसद रायमाझी बिरामी भएको भन्दै निवेदन पुर्‍याउन आउने व्यक्ति पहिचान गर्नका लागि सचिवालयको सीसीटीभी फुटेज लगिएको हो ।

टेकपानासँग कुरा गर्दै संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले भने, "सीआईबीले रायमाझी बिरामी भएको भन्दै निवेदन पुर्‍याउन आउने व्यक्तिको पहिचान गर्नका लागि सीसीटिभी फुटेज उपलब्ध गराइदिन बिहीबार पत्राचार गरेको थियो । आज सचिवालयले फुटेज उपलब्ध गराएको छ ।"

उनले भने अनुसार संसद सचिवालयसँग भएका सबै सीसीटिभी फुटेज सीआईबीलाई उपलब्ध गराइएको छ । "हाम्रो इन्टर्नल रुममा हुने फुटेजहरू छैन । हिँड्ने बाटो, त्यही परिसरको फुटेज उपलब्ध गराएका हाैं," गिरीले भने ।

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८० १८:४३