close

को हुन् एलन मस्क जस्तै ‘मूर्ख’ ट्वीटरकी नयाँ सीईओ ?

टेकपाना टेकपाना

बैशाख ३०, २०८० ११:४३

को हुन् एलन मस्क जस्तै ‘मूर्ख’ ट्वीटरकी नयाँ सीईओ ?

काठमाडौं । एलन मस्कले ट्वीटरका लागि नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेका छन् । ट्वीटरको मातृ कम्पनी 'एक्स' का लागि मस्कले लिन्डा याकारिनोलाई सीईओका रुपमा नियुक्त गरेका हुन् ।

एक ट्वीट लेख्दै मस्कले कम्पनीमा लिन्डाको भूमिका व्यवसाय सञ्चालन, प्रडक्ट डिजाइन र नयाँ प्रविधिमा हुने बताएका छन् ।  यसअघि लिन्डाले ‘एनबीसीयू’ नामक कम्पनीमा ग्लोबल एड्भर्टाइजिङ एन्ड पार्टनरशिप विभागको प्रमुखको रुपमा काम गरेकी थिइन् । उनले ट्वीटरमा आवद्ध हुनु एक दिनअघि उक्त कम्पनीबाट राजीनामा दिएकी हुन् ।

लिन्डाले पेन स्टेट युनिभर्सिटिमा लिबरल आर्ट्स एन्ड टेलिकम्युनिकेसन पढेकी छन् । सन् २०११ देखि उनी सोही कम्पनीमा आवद्ध थिइन् । त्यो भन्दा अगाडि उनले 'टर्नर इन्टरटेनमेन्ट' नामक कम्पनीमा करिब २० वर्ष काम गरेकी थिइन् ।

लिन्डासँग डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति हुँदा प्रेसिडेन्स काउन्सिल अन स्पोर्ट्स, फिटनेस एन्ड न्युट्रिसनमा पनि काम गरेकी थिइन् ।

विज्ञापन तथा बजारीकरणको क्षेत्रमा दक्ष व्यक्तिलाई ट्वीटरको सीईओमा नियुक्त गर्नु मस्कको राम्रो कदम भन्दै धेरैले प्रशंसा पनि गरेका छन् ।

गत महिना मायामीको भएको एड्भर्टाइजिङ कन्फ्रेन्समा लिन्डाले मस्कको अन्तर्वार्ता लिएकी थिइन् । सो अन्तर्वार्तामा यी दुईले ट्वीटरको भावी योजना, ट्वीटरमा अभिव्यक्ति स्वतन्त्रता लगायतका विभिन्न विषयहरूमा कुराकानी गरेका थिए ।

सोही समयमा मस्कले लिन्डालाई ट्वीटरको लागि छनोट गरेको र यी दुईबीच कुराकानी भएको हुनसक्ने अनुमान गरिएको छ ।

दुई महिनाअघि मस्कले ट्वीटर ह्यान्डलमा आफू सीईओबाट हट्नु ठीक छ/छैन भन्ने पोल क्रियट गरेका थिए । उक्त भोटिङ पोलमा १७ लाख अकाउन्ट सहभागी थिए । जसमध्ये ५७ प्रतिशतले सीईओबाट मस्क हट्नुपर्ने प्रतिक्रिया दिएका थिए ।

त्यसपछि उनले आफूजस्तै कोही 'मूर्ख' भेट्टाएपछि सीईओ पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।

पछिल्लो अध्यावधिक: बैशाख ३०, २०८० ११:४३