close

सामसङ बन्यो विश्वमा सबैभन्दा धेरै एन्ड्रोइड ट्याब्लेट उत्पादन गर्ने कम्पनी

टेकपाना टेकपाना

बैशाख ३१, २०८० १०:३५

सामसङ बन्यो विश्वमा सबैभन्दा धेरै एन्ड्रोइड ट्याब्लेट उत्पादन गर्ने कम्पनी

काठमाडौं । सामसङ विश्वमा सबैभन्दा धेरै ट्याब्लेट उत्पादन गर्ने कम्पनी बनेको छ । पछिल्लो समयमा विश्वबजारमा, मोबाइल, ट्याब्लेट लगायतका सामग्रीको माग घट्ने क्रममा छ । यद्यपि बजारमा बिक्री घटे पनि एन्ड्रोइडमा आधारित ट्याब्लेट निर्माणमा सामसङ विश्वको ठूलो कम्पनी बन्न सफल भएको छ । 

इन्टरनेस्नल डेटा कोर्पोरेसन (आईडीसी) ले हालै सार्वजनिक गरेको एक रिपोर्टले यस्तो जानकारी बाहिर ल्याएको हो । 

रिपोर्टका अनुसार विश्वमा सबैभन्दा ठूलो ट्याब्लेट निर्माता कम्पनी एप्पल रहेको छ भने दोस्रो स्थानमा सामसङ छ । तर एन्ड्रोइड ट्याब्लेट उत्पादन तथा बिक्रीको हकमा भने सामसङ पहिलो बनेको हो ।

२०२३ को पहिलो त्रैमासिकमा सामसङले ७१ लाख ट्याब्लेट उत्पादन गरेर बिक्री गरेको छ । त्यस्तै एन्ड्रोइड तर्फ नै ह्वावेले २० लाख ट्याब्लेट उत्पादन गरेको छ भने लेनोभोले १९ लाख ट्याब्लेट  बजारमा पठाएको छ । सो अवधिमा अमेजनले १४ लाख ट्याब्लेट बिक्री गरेको छ । 

कुल ट्याब्लेट उत्पादन तथा बिक्रीको हिसाबले हेर्ने भने एप्पलले सोही अवधिमा १ करोड ८ लाख ट्याब्लेट बजारमा पठाएको छ । 

बजारमा वानप्लस, ओप्पो, रियल मी र भीभो जस्ता कम्पनीले थप ट्याब्लेट भित्र्याइरहेका छन् । 

सामसङले समेत जुलाई वा अगस्ट महिना भित्रमा तीन हाईइन्ड ट्याब्लेट ग्यालेक्सी ट्याब एस ९, ग्यालेक्सी ट्याब एस ९ प्लल, र ग्यालेक्सी ट्याब एस ९ अल्ट्रा लञ्च गर्ने भएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८० १०:३५