close

मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड ४ लाख, डिजिटल वालेटमा कति ?

टेकपाना टेकपाना

बैशाख ३१, २०८० १२:२२

मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड ४ लाख, डिजिटल वालेटमा कति ?

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ सेवा प्रयोग गर्नेहरूको सङ्ख्या दुई करोड चार लाख ३४ हजार ३१ पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चैत महिनाको भुक्तानी प्रणाली सूचकमा यस्तो तथ्याङ्क देखिएको हो ।

तथ्याङ्क अनुसार पछिल्लो एक महिनामा मात्रै तीन लाख ६८ हजार ७६४ नयाँ ग्राहक थपिएका छन् भने एक वर्षको अवधिमा ३० लाख ५१ हजार ५८३ नयाँ ग्राहक मोबाइल बैंकिङ सेवा लिन थालेका छन् ।

त्यस्तै चैत मसान्तसम्म डिजिटल वालेट प्रयोग गर्नेहरूको सङ्ख्या एक करोड ७५ लाख ६० हजार २५६ पुगेको छ । हाल नेपालमा २७ ओटा भुक्तानी सेवाप्रदायक कम्पनी र १० ओटा भुक्तानी प्रणाली सञ्चालक रहेका छन् । 

मोबाइल बैंकिङबाट मात्रै चैत महिनामा दुई खर्ब सात अर्ब ४५ करोड २० लाख रुपैयाँको कारोबार भएको थियो । सोही अवधिमा डिजिटल वालेटको कारोबार भने १९ अर्ब ९२ करोड २० लाख रुपैयाँ रहेको थियो । 

पछिल्लो अध्यावधिक: बैशाख ३१, २०८० १२:२२