close

आजदेखि लागू भयो एमडीएमएस, यस्ता छन् ध्यान दिनैपर्ने कुराहरू

टेकपाना टेकपाना

जेठ १, २०८० ९:१०

आजदेखि लागू भयो एमडीएमएस, यस्ता छन् ध्यान दिनैपर्ने कुराहरू

काठमाडौं । अवैध मोबाइलको आयात रोक्नका लागि नेपाल दूरसञ्चार प्राधिकरणले आजबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै आजबाट यो प्रणाली लागू हुने जानकारी दिएको थियो ।

यो नीति लागू भएसँगै विदेशबाट मोबाइल लिएर आउने व्यक्तिहरूले विभिन्न कुराहरूमा ध्यान दिनुपर्नेछ । 

- व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल आफैले पनि दर्ता गर्न सकिनेछ । 
- व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमएडीएमएस प्रणालीमा स्वतः दर्ता हुनेछन् ।  
- व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू आफैले राहदानी वा नागरिकता प्रयोग गरेर दर्ता गर्न सकिनेछ ।  
- विदेशबाट आएका व्यक्तिले डिपार्चर स्ट्याम्प र अराइभल स्ट्याम्प देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास राखेर आफूले ल्याएको मोबाइल दर्ता गर्न सक्नेछन् ।  
- नेपालभित्र मोबाइल खरिद गर्नेले आफ्नो मोबाइल सेट एमडीएमएस प्रणाली मा दर्ता भए/नभएको जाँच गर्न सक्नेछन् । यसका लागि यहाँ क्लिक गर्नुहोस् ।  
- मोबाइल आयातकर्ता/विक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्रधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्री वितरण गर्न पाउनेछन् । 

मोबाइल दर्ता गर्ने प्रकृयाबारे बुझ्नका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: जेठ १, २०८० ९:१२