close

खल्तीले ल्यायो ‘द बिगेस्ट पेमेन्ट जात्रा’, आईफोनदेखि पल्सर बाइकसम्म जित्न सकिने

टेकपाना टेकपाना

जेठ १, २०८० १४:४३

खल्तीले ल्यायो ‘द बिगेस्ट पेमेन्ट जात्रा’, आईफोनदेखि पल्सर बाइकसम्म जित्न सकिने

काठमाडौं । । खल्ती डिजिटल वालेटले ‘द बिगेस्ट पेमेन्ट जात्रा’ लिएर आएको छ । गत वर्षको तुलनामा यसपटक दोब्बर अफरसहित पेमेन्ट जात्रा  अभियान ल्याएकाे कम्पनीले जनाएकाे छ ।

दुई महिनासम्म चल्ने अभियानअन्तर्गत पाँच जनासम्मले पल्सर बाइक जित्नसक्ने जनाइएकाे छ । साथै आईफोन १४, वनप्लस ११, स्मार्ट टिभी, सबैलाई खुत्रुके, एक करोडभन्दा बढी स्क्र्याच कार्ड, स्मार्टब्यान्ड, इयरपड, कुपनहरू मिलाई करोडौँको अफर जित्न सक्ने कम्पनीकाे भनाइ छ ।

यस अफरलाई चार राउन्डमा विभाजन गरिएको छ । प्रत्येक राउन्डमा कुनै पनि दुई भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू पल्सर एन१६० को लक्की ड्रको लागि योग्य हुनेछन् । हरेक  राउन्डको अन्त्यमा एक विजेता घोषणा हुनेछ । चार राउन्डहरूमा योग्य हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि पनि योग्य हुनेछन् र बोनस राउण्डको पल्सर एन१६० जित्न सहभागी हुनेछन् ।

''यसबाहेक खल्तीले वर्ल्डलिङ्कको बिल तिर्ने र उडान टिकट खरिद गर्ने प्रयोगकर्ताहरूलाई दुई ओटा आईफोन १४ विशेष उपहार दिने योजना पनि गरेको छ । तसर्थ, यी सेवाहरूको भुक्तानी गर्ने कोही दुई भाग्यशालीले आईफोन १४ जित्ने मौका पाउनेछन्,'' कम्पनीले विज्ञप्तिमा भनेकाे छ ।

त्यसैगरी अर्को विशेष उपहार खल्तीबाट बीमा प्रिमियम भुक्तानीमा रहेको छ, जहाँ कोही एक भाग्यशाली प्रयोगकर्तालाई वनप्लस ११ जित्ने मौका रहेको छ । यसका साथै आफ्नो बीमा प्रिमियम भुक्तानीमा प्रयोगकर्ताले हरेक हप्ता स्मार्ट टिभी, स्मार्टब्यान्ड पनि जित्न सक्नेछन् ।

यी अफरहरू बाहेक खल्ती एपभित्र दुई ओटा जात्रा विशेष फिचर पनि देख्न सकिनेछ, जसमा प्रयोगकर्ताहरूले जित्ने मौकाहरू निश्चित रहेकाे कम्पनीले जनाएकाे छ ।

प्रयोगकर्ताहरूले बिना कुनै भुक्तानी गरी दैनिक रूपमा 'खुत्रुके' फुटाउन सक्नेछन्, जसमा विभिन्न किसिमका अफर र क्यासब्याकहरू समावेश गरिएको छ । साथै, अर्को विशेषता भनेको डिजिटल स्क्रायाच कार्ड हो, जुन नेपालमै पहिलो पटक पटक कुनै डिजिटल वालेटमा ल्याइएको कम्पनीकाे भनाइ छ ।

प्रयोगकर्ताहरूको लागि एक करोडभन्दा बढी स्क्र्याच कार्डहरू छन् जहाँ रु. १०० भन्दा माथिको कुनै पनि भुक्तानीमा विभिन्न अफरहरू सहित प्राप्त गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: जेठ १, २०८० १४:४३