close

रेड्मी १० मा छुट अफर, यस्तो छ नयाँ मूल्य

टेकपाना टेकपाना

जेठ ४, २०८० ८:५७

रेड्मी १० मा छुट अफर, यस्तो छ नयाँ मूल्य

काठमाडौं । साओमीले नेपाली बजारमा रेड्मी १० स्मार्टफोनको मूल्य घटाएको छ । कम्पनीले यो अफर जेठ १७ गतेसम्मका लागि मात्र लागू हुने गरी ल्याएको हो । 

गत वर्ष सार्वजनिक भएको यो फोनको दुवै भेरियन्टमा कम्पनीले छुट अफर ल्याएको हो । मिडियाटेक हेलियो जी८८ प्रोसेसर प्रयोग भएको यो फोनमा ६.५ इन्चको फूल एचडी प्लस डिस्प्ले छ ।   

साथै फोनमा १८ वाटको फास्ट चार्जिङसँगै ५००० एमएएचको ब्याट्री पनि उपलब्ध गराइएको छ । कम्पनीले यो फोन दुईओटा भेरियन्टमा सार्वजनिक गरेको छ । हाल घटेको मूल्य अनुसार २०,४९९ रुपैयाँ भएको ४ जीबी र्‍याम र ६४ जीबी स्टोरेज भेरियन्टको मूल्य १९,९९९ रुपैयाँ रहेको छ । 

त्यस्तै २३,९९९ रुपैयाँ मूल्य रहेको ६ जीबी र्‍याम र १२ जीबी स्टोरेज भेरियन्टको मूल्य घटाएर २२,९९९ राखिएको छ । इच्छुक व्यक्तिले यो फोन रेड्मीको आधिकारिक पसल र ई-कमर्स प्लेटफर्ममा घटेको मूल्यमा खरिद गर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: जेठ ४, २०८० ८:५८