close

पोखरालाई आईसीटी हब बनाउन छलफल गर्दै महावीर पुन

टेकपाना टेकपाना

जेठ ३, २०८० २२:३८

पोखरालाई आईसीटी हब बनाउन छलफल गर्दै महावीर पुन

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं अध्यक्ष महावीर पुनले पोखरालाई आईसीटी (सूचना सञ्चार प्रविधि) हब बनाउने विषयबारे आउँदो ५ जेठमा छलफल गर्ने भएका छन् । सामाजिक सञ्जालमा एक पोस्ट लेख्दै उनले यसबारे जानकारी दिएका हुन् ।

पुनले पोखरामा भएका आईसीटी पढाउने कलेज र व्यवसायीहरूलाई छलफलमा आउन आग्रह गरेका छन् ।

“आईसीटी हबको विकास गरेर १० वर्षभित्रमा पोखरालाई कसरी अमेरिकाको सिलिकन भ्यालीको एउटा सानो नमूना बनाउन सकिन्छ भन्ने विषयमा छलफल गरेर काम सुरू गरौं,” उनल लेखेका छन्, “कुनै पनि गाह्रो काम सफल गर्नको लागि दह्रो आँट र सुरुवात नगरिकन हुँदै हुँदैन । यो कुरा पनि साह्रै गाह्रो काम हो भन्ने थाहा छ । तर आँट गरियो । सो विषयका विज्ञहरु र इच्छुकहरुले भाग लिनु होला ।”

उनले यो छलफल सिम्पानी पोखरामा भएको आविष्कार केन्द्रको आईसीटी इनोभेसन ल्याबमा गर्दैछन् ।

पछिल्लो अध्यावधिक: जेठ ३, २०८० २२:३८