close

आर्टिफिसियिल इन्टेलिजेन्सलाई नियमन गर्नु जरुरी छ: सीईओ अल्टम्यान

टेकपाना टेकपाना

जेठ ४, २०८० ९:५७

आर्टिफिसियिल इन्टेलिजेन्सलाई नियमन गर्नु जरुरी छ: सीईओ अल्टम्यान

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर च्याटबटको दु्नियाँमा तहल्का मच्चाएको कम्पनी ओपनएआईका सीईओ साम अल्टम्यानले एआईलाई नियमन गर्न आह्वान गरेका छन् । अमेरिकी सदनमा नयाँ प्रविधिहरूको सम्भावनाका विषयमा बोल्दै सीओई अल्टम्यानले अमेरिकी सरकारलाई एआईलाई नियमन गर्ने नीति ल्याउन जरुरी भएको बताएका हुन् ।

पछिल्ला केही महिनाहरुमा एआईका धेरै मोडेलहरू बजारमा आएका छन् । एआईमा काम गर्ने कम्पनीहरूलाई अनुमतिपत्र दिनका लागि एउटा छुट्टै निकाय गठन गर्नुपर्ने उनको भनाइ छ ।

च्याटजीपीटी र अन्य यस्तै टुलहरूले मानिसलाई सहयोग त गर्न सक्ने तर यसको गलत प्रयोग पनि हुनसक्ने भन्दै उनले यो क्षेत्रलाई नियमन गर्न माग गरेका हुन् । आउने दिनमा एआईको दायरा निकै ने ठूलो हुने बताउँदै यसलाई समयमा नै नियमन गर्ने नीति ल्याउन जरुरी भएको उनले बताए । 

उनले एआईले अर्थतन्त्रमा पार्ने प्रभावलाई पनि स्वीकार गर्दे एआई प्रविधिले केही कामहरू प्रतिस्थापन गर्न सक्ने सम्भावना रहेको पनि बताएका थिए ।  

पछिल्लो अध्यावधिक: जेठ ४, २०८० ९:५९