काठमाडौं । भूगोलको ज्ञान बढाउने रमाइलाे तरिकामध्ये एक हाे, अनलाइन गेम । अहिले भूगाेलसम्बन्धी ज्ञान दिने धेरै गेम विकास भएका छन्, जसले खेल्दै सिक्ने मौका दिन्छन् ।
अनलाइनमा त्यतिकै बसेर समय बर्बाद गर्नुभन्दा यस्ता खेल खेल्नु निकै फाइदाजनक हुन्छ । आज हामी अनलाइनमा उपलब्ध यस्ता केही गेमबारे जानकारी दिँदै छौं, जहाँ खेल्दै भूगोलसम्बन्धी आफ्नो ज्ञान बढाउन सक्नुहुन्छ:
यसमा तपाईंले दैनिक एउटा रहस्यमी देश अथवा ठाउँको नाम पत्ता लगाउनुपर्ने हुन्छ । यसका लागि सुरूमा तपाईंले कुनै पनि सुत्र पाउनुहुन्छ ।
अनुमानको आधारमा एउटा नाम लेखेपछि त्यो रहस्यमी देश अथवा ठाउँबीचको दूरी देखा पर्छ । अब तपाईंले त्यही दूरीको आधारमा देश वा ठाउँको नाम पत्ता लगाउनुपर्ने हुन्छ ।
यो देशहरूको झण्डा थाहा पाउनुपर्ने खेल हो । यसका लागि तपाईंले ३० सेकेन्ड पाउनुहुन्छ । त्यहाँ एउटा झण्डा र चार ओटा देशको नाम देखिन्छ ।
अब तपाईंले कुन सही हाे, त्यो थाहा पाउनुपर्ने हुन्छ । यदि मिलाउनुभयो भने एक नम्बर पाउनुहुन्छ । तर लगातार तीन पटकसम्म पनि मिलाउनुभएन भने खेल समाप्त हुन्छ ।
यसमा तपाईंले १५ मिनेटभित्र १९६ देशको नाम लेख्नुपर्ने हुन्छ । जब तपाईंले देशको सही नाम टाइप गर्नुहुन्छ. तब तल रहेको खाली भागमा त्यो देशको नक्सा देखा पर्छ ।