काठमाडौं । भूगोलको ज्ञान बढाउने रमाइलाे तरिकामध्ये एक हाे, अनलाइन गेम । अहिले भूगाेलसम्बन्धी ज्ञान दिने धेरै गेम विकास भएका छन्, जसले खेल्दै सिक्ने मौका दिन्छन् ।
अनलाइनमा त्यतिकै बसेर समय बर्बाद गर्नुभन्दा यस्ता खेल खेल्नु निकै फाइदाजनक हुन्छ । आज हामी अनलाइनमा उपलब्ध यस्ता केही गेमबारे जानकारी दिँदै छौं, जहाँ खेल्दै भूगोलसम्बन्धी आफ्नो ज्ञान बढाउन सक्नुहुन्छ:
अनलाइनमा पजल गेमकाे क्रेज बढ्दाे छ । तीमध्येको वडल (Wordle) पनि एक हो ।
यसमा आकारका आधारमा तपाईंले देशको सही नाम बताउनुपर्ने हुन्छ । यसमा तपाईं ६ पटकसम्म प्रयास गर्न पाउनुहुन्छ ।
प्रत्येक प्रयासमा वास्तविक देशदेखि तपाईंले लेख्नुभएको देशको दूरी किलोमिटरमा देखिन्छ । त्यसले गर्दा तपाईंलाई अनुमान गर्न सजिलो हुन्छ ।
यसमा तपाईंले दैनिक एउटा रहस्यमी देश अथवा ठाउँको नाम पत्ता लगाउनुपर्ने हुन्छ । यसका लागि सुरूमा तपाईंले कुनै पनि सुत्र पाउनुहुन्छ ।
अनुमानको आधारमा एउटा नाम लेखेपछि त्यो रहस्यमी देश अथवा ठाउँबीचको दूरी देखा पर्छ । अब तपाईंले त्यही दूरीको आधारमा देश वा ठाउँको नाम पत्ता लगाउनुपर्ने हुन्छ ।
यो देशहरूको झण्डा थाहा पाउनुपर्ने खेल हो । यसका लागि तपाईंले ३० सेकेन्ड पाउनुहुन्छ । त्यहाँ एउटा झण्डा र चार ओटा देशको नाम देखिन्छ ।
अब तपाईंले कुन सही हाे, त्यो थाहा पाउनुपर्ने हुन्छ । यदि मिलाउनुभयो भने एक नम्बर पाउनुहुन्छ । तर लगातार तीन पटकसम्म पनि मिलाउनुभएन भने खेल समाप्त हुन्छ ।
यो धेरै ओटा खेलहरू भएको वेबसाइट हो । यसमा विभिन्न प्रकारका भूगोलसम्बन्धी क्विज गेम पाइन्छ ।
तीमध्ये ‘कन्ट्रिज अफ द वल्ड विथ एन एम्टी म्याप’ निकै नै राम्रो छ ।
यसमा तपाईंले १५ मिनेटभित्र १९६ देशको नाम लेख्नुपर्ने हुन्छ । जब तपाईंले देशको सही नाम टाइप गर्नुहुन्छ. तब तल रहेको खाली भागमा त्यो देशको नक्सा देखा पर्छ ।
यसबाहेक पनि विभिन्न प्रकारका आकर्षक गेम पाइन्छ ।
यो एक मल्टिप्लेयर गेम हो । तर तपाईं एक्लै पनि खेल्न सक्नुहुन्छ । यसमा एउटा ठाउँ अथवा देशको नाम देखिन्छ ।
त्यो देखिएको केही समयपछि तपाईंले म्यापमा टिक लाउनुपर्ने हुन्छ । गलत भए सही ठाउँ म्यापमा देखिन्छ ।
यदि नजिकै टिक लाउनु भए वास्तविक ठाउँबाट कति टाढा छ, त्यो देखा पर्छ ।
पछिल्लो अध्यावधिक: जेठ ४, २०८० १३:२१
