close

२०० मेगापिक्सेलको क्यामेरा सहित रियलमी ११ प्रो सिरिज सार्वजनिक हुँदै

टेकपाना टेकपाना

जेठ ४, २०८० १३:४२

२०० मेगापिक्सेलको क्यामेरा सहित रियलमी ११ प्रो सिरिज सार्वजनिक हुँदै

काठमाडौं । रियलमीले आउँदो महिना नयाँ स्मार्टफाेन सिरिज गर्ने भएकाे छ । यसअन्तर्गत रियलमी ११ प्रो र रियलमी ११ प्रो प्लस सार्वजनिक हुनेछ ।

कम्पनीले दिएकाे जानकारी अनुसार ११ प्रो प्लसमा २०० मेगापिक्सेलको मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा उपलब्ध हुनेछ ।

त्यस्तै ११ प्रोमा १०० मेगापिक्सेलको मुख्य क्यामेरा र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ ।

यी फाेनमा सुपर ग्रुप पोट्रेट, वन टेक लगायतका फिचर छन् । कम्पनीले लोनली प्लानेटसँग मिलेर यो फोनको क्यामेरामा लोनली प्लानेट फिल्टर्स पनि उपलब्ध गराएको छ ।

दुवै फोनमा ६.७ इन्चको डिस्प्ले छ ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८० १४:२६