close

राहदानी सेवालाई प्रविधिमैत्री र भरपर्दो बनाइने

टेकपाना टेकपाना

जेठ ५, २०८० १८:४५

राहदानी सेवालाई प्रविधिमैत्री र भरपर्दो बनाइने

काठमाडौं । सरकारले राहदानी सेवालाई छिटो छरितो, प्रविधिमैत्री र भरपर्दो बनाउने योजना ल्याएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्ताे याेजना सुनाएका हुन् ।

राहदानी लिन सेवाग्राहीले झमेला ब्यहोर्नुपरेकाे गुनासो बढिरहँदा सरकारले यस्तो सेवालाई प्रविधिमैत्री र भरपर्दो बनाउने नीति अघि सारेको छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १८:४५