close

सरकारले विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने

टेकपाना टेकपाना

जेठ ५, २०८० १९:३

सरकारले विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने

काठमाडौं । सरकारले विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रममार्फत पेट्रोलियम पदार्थ माथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहन गरिने भएको हो ।

शुक्रबार संसद्‌मा प्रस्तुत नीति तथा कार्यक्रममा यातायात क्षेत्रमा नवीकरणीय र स्वच्छ ऊर्जा उपयोग गरी कार्बन उत्सर्जन घटाउँदै लगिने उल्लेख छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १९:३