close

आफ्नो फोनलाई नियन्त्रणमा राख्न चाहनुहुन्छ ? यस्ता छन् ९ उपाय

टेकपाना टेकपाना

जेठ ७, २०८० ८:२२

आफ्नो फोनलाई नियन्त्रणमा राख्न चाहनुहुन्छ ? यस्ता छन् ९ उपाय

काठमाडौं । तपाईं फोनको नियन्त्रणमा हुनुहुन्छ या फोन तपाईंको नियन्त्रणमा छ ? यो निकै गम्भीर प्रश्न हो । र यसको जवाफ दिन गाह्रो हुन्छ । केही क्षण फेसबुक चलायो, त्यसपछि युुट्युबमा केही भिडिओ हेर्‍याे, ग्यालरीमा भएका फोटो/भिडि‌‌ओ हेर्‍याे, फेरि फेसबुक चलायो । यसरी हामी आफ्नो डिभाइसमा नै फसिरहेका हुन्छौं ।

हाम्रो यो दैनिकी देख्दा लाग्छ, हामी कहिले पनि डिभाइसबाट टाढा हुन सक्दैनौं । विभिन्न अनुसन्धानहरूले यो बानी स्वास्थ्यका लागि निकै हानिकारक हुने बताएका छन् । त्यस्तै आफू स्वास्थ्य हुनमा आफ्नो डिभाइस प्रयोग गर्ने बानीलाई समेत नियन्त्रण गर्नुपर्ने अनुसन्धानहरूले देखाएका छन् ।

अभ्यस्त भइसकेको कुरा चटक्कै छाड्न नसके पनि त्यो बानी कम गर्न सकिन्छ । फोनको मामलामा पनि यो लागू हुन्छ । यसलाई ‘डिजिटल डिटक्स’ भन्ने गरिन्छ । यसको अभ्यासले नै डिजिटल डिभाइसप्रतिको हाम्रो रोग कम गर्न सक्छौं । यसका लागि एपको सेटिङ परिवर्तन गरेमात्र पुग्छ । आज हामी तपाईंलाई त्यही कुरा सिकाउन जाँदै छौं:

ट्वीटर

मानिस र विषयलाई म्युट गर्नुहोस्

ट्वीटरमा कुनै कुरा नहेर्नु भन्दा म्युट गर्नु राम्रो हो । यसले ट्वीटरको अनुभव समेत थप राम्रो बनाउन सकिन्छ । आफूले फलो गरेको व्यक्तिले लगातार ट्वीट गर्दा नोटिफिकेसन आउँदा हेरुँ हेरुँ लाग्छ । तर म्युट गरेपछि आफूले चाहेको समयमा गएर मात्र हेर्न सकिन्छ । 

यसका लागि उक्त व्यक्तिको प्रोफाइलमा जानुहोस् । त्यहाँ तीन थोप्ला भएको तीन ओटा डट देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् । अब अलि तल ‘म्युट’ भन्ने विकल्प देखा पर्छ । यसरी नै तपाईंल कुनै पनि शब्द, वाक्य अथवा विषयलाई समेत म्युट गर्न सक्नुहुन्छ ।

यसका लागि सेटिङमा जानुहोस् । ‘प्राइभेसी एन्ड सेफ्टी’मा जानुहोस् । त्यहाँ ‘म्युट एन्ड ब्लक’ भन्ने विकल्प आउनेछ । त्यसमा क्लिक गर्नुपछि अकाउन्ट, वर्ड के म्युट गर्ने त्यो देखा पर्छ । तीनमा क्लिक गर्नुभएपछि प्लस चिन्ह (+) आउँछ ।

त्यसमा क्लिक गरेपछि तपाईंले म्युट गर्न सक्नुहुन्छ । हुन त मान्छेहरूले यो कामलाई क्यान्सिल गर्ने अर्थात् रद्द गर्ने भन्छन् । खासमा त्यसो नभएर यो उपचार हो । 

ह्वाट्सएप

रिड रिसिप्ट गर्नुहोस्

मेसेज पठाउनु, आएको पढ्नु धेरैका लागि टाउको दुख्ने विषय हुने गर्छ । कतिपयले त पठाएको मेसेज पाएर पनि पढेनन् भनेर रिसाउने गर्छन् । तर ह्वाट्सएपमा भएको रिड रिसिप्ट डिसेबल गर्दा यो समस्याबाट छुट पाइन्छ । यसक लागि सेटिङमा जानुहोस् । ‘प्राइभेसी’मा क्लिक गर्नुहोस् ।

त्यहाँ ‘रिड रिसिप्ट’ देखा पर्छ । अब त्यसलाई टगल गरेर (हरियो बटनमा क्लिक गर्नु) बन्द गर्नुहोस् । अब तपाईंले न मेसेज बनाउन सक्नुहुन्छ न पठाउन । पुन: यो अप्सन खोल्न यही प्रक्रिया दोहोर्‍याउनुहोस् ।

फेसबुक

फिडलाई बन्द गर्नुहोस्

फेसबुकको न्युज फिडमा समाचार मात्र आउँदैन । यसमा अनेकन् मिम्, व्यङ्ग लगायत आफूहरूले नचाहेको थुप्रै कन्टेन्ट आउँछ । यी सबैबाट छुट पाउन मोबाइलमा भएको फेसबुक एप डिलिट गरेर डेस्कटपमा सीमित हुनु हो ।

तपाईंको गुगल क्रोम वा अन्य कुनै पनि ब्राउजरबाट एप खोलेर चलाउन सक्नुहुन्छ । अझ तपाईंले ‘न्युज फिड इरेडिकेटर’ जस्ता एक्सटेन्सन प्रयोग गर्न सक्नुहुन्छ । यसले फिड बन्द गरेर प्रेरणादायी भनाइ मात्र दिने गर्छ ।

इन्स्टाग्राम

लाइक काउन्ट बन्द गर्नुहोस्

पोस्ट गर्नासाथ बारम्बार हेर्ने भनेको आएको लाइकको संख्या हो । यसले बारम्बार एप खोल्न लगाइरहन्छ । अब त्यो नै बन्द गरेपछि  समस्या भने समाधान हुन्छ । यसका लागि पोस्ट गर्ने बेलामा नै एड्भान्स सेटिङमा जानुहोस् । त्यहाँ लाइक काउन्ट बन्द गर्ने विकल्प देखा पर्छ ।

यो विकल्प भने सो पोस्टमा मात्र लागु हुन्छ । अब अर्को तरिकाबाट लाइक काउन्ट बन्द गर्न सेटिङमा जानुहोस् । ‘प्राइभेसी एन्ड सेक्युरिटी’मा जानुहोस् । अलि तल स्क्रोल गर्दै जानुहोस् । त्यहाँ ‘पोस्ट’ भित्र हाइड लाइक भन्ने विकल्प देखिन्छ । त्यहाँ क्लिक गरेर समेत तपाईंले यो बन्द गर्न सक्नुहुन्छ ।

युट्युब

‘रिलेटेड भिडिओ’ हटाउनुहोस्

युट्युबमा बिताउने समय कम गर्न मोबाइल एप डिलिट गरेर डेस्कटपबाट मात्र हेर्नु राम्रो विकल्प हो । यसो गर्दा ‘इम्प्रुभ युट्युब’ जस्ता एक्स्टेन्सन प्रयोग गर्न सकिन्छ । यसले युट्युबमा भिडि‌ओ हेर्दा थप नियन्त्रण दिन्छ ।

युट्युबमा बढी समय बिताउने कारण मध्ये ‘रिलेटेड भिडिओ’ सेक्सन पनि एक हो । यस एक्स्टेन्सनले युट्युबबाट यो सेक्सन लुकाइदिन्छ ।

टिकटक

समय सीमा तोक्नुहोस्

पाँच मिनेटका लागि भनेर टिकटक चलाउन थाल्नु भयो तपाईं यसमा घण्टौं पनि बिताउन सक्नुहुन्छ । यसमा आउने छोटा तर आकर्षक भिडिओले समय बितेको थाहै पाउन सकिन्न । तर एपबाट नै तपाईंले समय सीमा तोक्न सक्नुहुन्छ । यसले तपाईंलाई धेरै समय बिताउन दिँदैन ।

यसका लागि सेटिङ भित्र हुने ‘डिजिटल वेलबिइङ’ मा जानुहोस् । यस भित्र ‘स्क्रिन टाइम म्यानेजमेन्ट’ हुने गर्छ । त्यहाँ तपाईंले दिनमा बिताउने समयको सीमा राख्न सक्नुहुन्छ ।   

लिङ्क्डइन

अनफलो गर्नुहोस्

लिङ्क्डइनमा भएको ‘अनफलो’ प्रयोगकर्ता ती व्यक्तिको बारे कुनै पनि अपडेट तपाईंले पाउनुहुन्न । यसो गर्दा कनेक्सन रिमुभ गर्नु अथवा अनफ्रेन्ड गर्नुभन्दा पनि सजिलो हुन्छ । किनकी तपाईंले अनफलो गरेको कुरा ती व्यक्तिले देख्दैनन्। 

मेसेन्जर

एक्टिभ स्टाटस बन्द गर्नुहोस्

हरियो डट आफू अनलाइनमा भएको सङ्केत हो । यसलाई देख्नासाथ मान्छेहरूले तपाईंलाई मेसेज गर्छन् । त्यसपछि तपाईं उनीहरूसँग कुराकानी गर्न थाल्नुहुन्छ । यसले गर्दा तपाईंले मोबाइलमा समय अझ बढी बिताउनुहुन्छ ।

यसको समाधान स्वरूप हरियो डट देखाउन बन्द गर्नुहोस् । यसका लागि मेसेन्जरमा गएर आफ्नो प्रोफाइलमा जानुहोस् । त्यहाँ ‘एक्टिभ स्टाटस’ देखिन्छ । त्यसलाई बन्द गरिदिनुहोस् ।

ईमेल

दिनमा दुई पटक मात्र चेक गर्नुहोस्

हुन त पहिले सञ्चारका लागि जति धेरै ईमेलको प्रयोग हुन्थ्यो । त्यो निकै कम भइसकेको छ । त्यही पनि विभिन्न न्युजलेटर सब्सक्राइब गर्नुभएको छ भने ईमेल चेक गर्नै पर्छ । अथवा अन्य कामका लागि समेत यो काममा आउन सक्छ ।

यसैले ईमेलको नोटिफिकेसन बन्द गरेर बिहान र बेलुका गरेर दिनमा दुई पटक ईमेल चेक गर्दा तपाईंको समय पनि जोगिन्छ । साथै मोबाइलमा बिताउने समय पनि कम हुन्छ ।

पछिल्लो अध्यावधिक: जेठ ७, २०८० ८:२३