close

चीनमा बिक्री हुने कारमा हार्मोनी ओएस प्रयोग गर्दै फक्सवागन

टेकपाना टेकपाना

जेठ ७, २०८० १४:४३

चीनमा बिक्री हुने कारमा हार्मोनी ओएस प्रयोग गर्दै फक्सवागन

काठमाडौं । चर्चित कार निर्माता कम्पनी फक्सवागनले चीनमा बिक्री हुने कारमा चीनकै अपरेटिङ सिस्टम प्रयोग गर्ने निर्णय लिएको छ । चिनियाँ बजारमा चीनकै उत्पादन प्रयोग गर्ने योजना कम्पनीले अगाडि बढाएको हो । योसँगै ह्वावेसँग फक्सवागनले साझेदारी गर्नसक्ने अनुमान गरिएको छ ।

कम्पनीले चीनमा यो योजनाको लागि दिर्घकालिन साझेदारको खोजी गरिरहेको जनाएको छ । यसको लागि ह्वावे उपयुक्त कम्पनी हुनसक्ने फक्सवागनको भनाइ छ । यद्यपि कम्पनीसँग अन्य चिनियाँ सफ्टवेयर कम्पनीसँग सहकार्य गर्नसक्ने विकल्प पनि छ । 

अन्य विद्युतीय सवारीको सफ्टवेयरको तुलनामा फक्सवागनको सफ्टवेयरमा धेरै समस्या आउने गरेको छ । विशेषगरी चिनियाँ बजारमा नै गुड्ने फक्सवागनका विद्युतीय सवारीमा सफ्टवेयरको समस्या देखिन्छ ।

चिनियाँ बजार अहिले विद्युतीय सवारीको प्रतिस्पर्धामा निकै अगाडि छ । यस्तोमा चिनियाँ बजारमा चीनकै उत्पादन प्रयोग गर्नु फक्सवागनको लागि सकारात्मक हुने कम्पनीको विश्वास छ ।

फाइनान्सिलय टाइम्सले सार्वजनिक गरेको समाचार अनुसार फक्सवागनले साझेदारीको लागि ह्वावेसँगको छलफललाई अगाडि बढाइसकेको छ ।                  
 

पछिल्लो अध्यावधिक: जेठ ७, २०८० १४:४४