close

सांसदहरूको विद्युतीय हाजिरी लागू गर्ने तयारी, लिन थालियो बायोमेट्रिक

टेकपाना टेकपाना

जेठ ८, २०८० १३:४४

सांसदहरूको विद्युतीय हाजिरी लागू गर्ने तयारी, लिन थालियो बायोमेट्रिक

काठमाडौं । संघीय संसदमा अब विद्युतीय हाजिरी (ई-हाजिरी) सुरु हुने भएको छ । संसद सचिवालयले सोमबारदेखि सांसदहरूको विद्युतीय हाजिरीका लागि बायोमेट्रिक लिन थालेको छ ।

सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले आफ्नो बायोमेट्रिक दिएर यो कामको सुरूवात गरेका हुन् । सबै सांसदहरूको बायोमेट्रिक लिएसँगै विद्युतीय हाजिरी लागू हुने बताइएको छ ।

साथै सांसदहरूको उपस्थितिलाई वेबसाइटमार्फत समेत सार्वजनिक गर्ने तयारी भइरहेको संसद सचिवालयका सहायक प्रवक्ता एवं सूचना अधिकारी दशरथ धमलाले  जानकारी दिए ।

पछिल्लो अध्यावधिक: जेठ ८, २०८० १४:११