close

नेपालमा चीनबाट मात्र भित्रिन्छन् दुई तिहाई विद्युतीय सवारी

टेकपाना टेकपाना

जेठ ९, २०८० १८:३

नेपालमा चीनबाट मात्र भित्रिन्छन् दुई तिहाई विद्युतीय सवारी

काठमाडौं । पछिल्लो १० महिनाको अवधिमा कूल आयातको दुई तिहाइ विद्युतीय सवारी साधन चीनबाट भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/०८० को वैशाख महिनासम्मको तथ्याङ्कमा यस्तो तथ्य देखिएको हो ।

जसमा चीनबाट पाँच हजार ४९८ थान, भारतबाट दुई हजार आठ सय ५३ थान र अन्य देश (कोरिया, अमेरिका, इन्डोनेसिया) बाट २६ थान विद्युतीय सवारी भित्रिएको देखिन्छ ।

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/०८० को साउनदेखि वैशाखसम्म १०० किलोवाट क्षमताका कूल दुई हजार ६३३ ओटा विद्युतीय सवारी भित्रिएका थिए । जसमध्ये उक्त क्षमताका सबैभन्दा बढी विद्युतीय सवारी भारतबाट आयात भएका छन् । 

सो अधिमा भारतबाट १०० किलोवाट क्षमताका एक हजार ९६८ थान विद्युतीय सवारी भित्रिएको तथ्याङ्क छ । पछिल्लो एक महिनाको अवधिमा मात्रै भारतबाट उक्त क्षमताका क्षमताका २१३ ओटा विद्युतीय सवारी भित्रिएका छन् । त्यस्तै १० महिनाको अवधिमा चीनबाट १०० किलोवाट क्षमताका ६६२ ओटा विद्युतीय सवारी भित्रिएका थिए ।​ 

यसैगरी आर्थिक वर्ष २०७९/८० को साउनदेखि वैशाखसम्म कूल पाँच हजार ६७३ थान तीन पाङ्ग्रे विद्युतीय सवारी भित्रिएका छन् । जसमध्ये चीनबाट चार हजार ७८८ र भारतबाट ८८५ थान भित्रिएका छन् । त्यस्तै वैशाखसम्म १०० देखि २०० किलोवाट क्षमताका ६६ ओटा विद्युतीय सवारी साधन आयात भएको देखिन्छ । २०० देखि ३०० किलोवाट क्षमताका भने सात ओटा गाडी नेपाल भित्रिएका छन्, जसमध्ये पाँच ओटा चीनबाट र दुई ओटा अमेरिकाबाट रहेका छन् । 

पछिल्लो अध्यावधिक: जेठ ९, २०८० १८:२६