close

अब ह्वाट्सएप युजरनेमबाट पनि प्रयोग गर्न सकिने !

टेकपाना टेकपाना

जेठ १२, २०८० ९:३७

अब ह्वाट्सएप युजरनेमबाट पनि प्रयोग गर्न सकिने !

काठमाडौं । पछिल्लो समयमा ह्वाट्सएपमा एकपछि अर्को गर्दै नयाँ-नयाँ फिचरहरू थपिने क्रम जारी छ । केही दिन अगाडि मात्र मेसेज एडिट गर्न मिल्ने फिचर सार्वजनिक गरेको कम्पनीले पुन: अर्को नयाँ फिचर चाडैँ नै सार्वजनिक गर्ने तयारी गरिरहेको छ । 

बाहिरिएको जानकारी अनुसार ह्वाट्सएपले प्रोफाइल अपडेटमा काम गरिरहेको छ । प्रयोगकर्ताको युजरनेमको लागि कम्पनीले नयाँ अप्सन थप गर्न लागेको हो । यो नयाँ फिचर लागू भएसँगै प्रयोगकर्ताले आफ्नो युजरनेम आफैले छनोट गर्नसकिने बताइएको छ । 

यो फिचर इन्स्टाग्राममा जस्तै ह्वाट्सएपमा पनि आफ्नो युजरनेम प्रयोग गर्न सकिने फिचर हो । यसपछि प्रयोगकर्ताले आफ्नो फोन नम्बर वा क्यूआर कोडबाट मात्र नभइ युजरनेमको आधारमा साथीहरूसँग जोडिन सक्नेछन् । 

प्रयोगकर्ताको प्रोफाइलमा 'चुज माइ युजरनेम' भन्ने अप्सन थपिनेछ । उक्त अप्सनमा क्लिक गरेर प्रयोगकर्ताले आफ्नो युजरनेम क्रियट गर्न सक्नेछन् । पछि नयाँ मानिसहरूसँग जोडिनको लागि सोही युजरनेम पनि प्रयोग गर्न सकिनेछ ।  

यद्यपि यसले कसरी काम गर्नेछ र युजरनेमको के कै फाइदा हुनेछन् भन्ने विषयमा भने केही जानकारीहरू बाहिर आउन बाँकी नै छ । 

यो फिचर हाल परीक्षणको क्रममा नै छ । ह्वाट्सएपको नयाँ अपडेटसँगै यो फिचर पनि उपलब्ध हुने बताइएको छ । तर यो सबैको लागि उपलब्ध नहुन सक्छ अथवा यसको बेटा भर्सन मात्र उपलब्ध हुनेछ । 


 
 

पछिल्लो अध्यावधिक: जेठ १२, २०८० ९:३७