close

मिस नेपाल २०२३ को इन्टरनेट पार्टनरमा 'सुबिसु'

टेकपाना टेकपाना

जेठ १२, २०८० १४:५०

मिस नेपाल २०२३ को इन्टरनेट पार्टनरमा 'सुबिसु'

काठमाडौं । जे म्युजिक एचडीद्वारा आयोजित मिस नेपाल २०२३ को लागि इन्टरनेट पार्टनरको रुपमा इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसु रहेको छ । भोली हुने उक्त कार्यक्रममा प्रदान गरिने 'मिस मल्टिमिडिया' अवार्डका लागि सुबिसु इन्टरनेट पार्टनरको रुपमा रहेको हो । 

कार्यक्रममा प्रदान गरिने उक्त अवार्डको शिर्षक 'मिस मल्टिमिडिया इन एसोसियन विथ इन्टरनेट पार्टन सुबिसु एन्ड ब्युटी पार्टनर स्किन आर्टस' रहनेछ । यो अवार्ड सन् २०१८ मा श्रङ्खला खतिवडा र सन् २०१९ मा अनुश्का श्रेष्ठले जितेका थिए ।  

यो अवार्डको लागि मिस नेपालका सहभागीहरुलाई विभिन्न सामाजिक सञ्जाल विज्ञहरूबाट प्रशिक्षित गराइएको थियो । प्रशिक्षकहरूमा अनुश्का श्रेष्ठ, एकता तन्दुकार, जसवानी आर.एल राना, सोना अमात्य र बिकेन्द्र तिमिल्सिना रहेका थिए । 

यस प्रशिक्षणमा सहभागीहरूलाई सोसल मिडिया ब्रान्डिङ, व्यक्तिगत ब्रान्डिङ, भ्लगिङ लगायतका विभिन्न विषयमा तालिम दिइएको थियो ।  

पछिल्लो अध्यावधिक: जेठ १२, २०८० १४:५०