close

टेस्ला मोडेल वाई बन्यो विश्वमै सर्वाधिक बिक्री हुने कार

टेकपाना टेकपाना

जेठ १२, २०८० २१:५५

टेस्ला मोडेल वाई बन्यो विश्वमै सर्वाधिक बिक्री हुने कार

काठमाडौं । टेस्लाको मोडेल वाई विश्वमै सबैभन्दा बढी बिक्री हुने कार बनेको छ । २०२३ को पहिलो त्रैमासिकमा सबैभन्दा बढी युनिट बिक्री गर्दै याे कारले उक्त कीर्तिमान राखेकाे हो ।

याे अवधिमा सो मोडेलका दुई लाख ६७ हजार २०० युनिट गाडी बिक्री भएका छन् । सवारीसाधनको बजार अवस्थाबारे खोज गर्ने कम्पनी जाटो डाइनामिकले मोटरवानका लागि तयार पारेको २०२३ को पहिलो त्रैमासिकको रिपोर्टमा यस्तो तथ्याङ्क देखिएको छ ।

जाटो डाइनामिकका अनुसार टेस्लाको सो मोडेलको कारको बिक्री गत वर्षको सोही अवधिको तुलनामा ६९ प्रतिशतले बढी हो । यसअघि सबैभन्दा बढी सवारी बिक्री गरेको टोयोटा कोरोलाको बजार अवस्था खुम्चिँदै जाँदा टेस्ला मोडेल वाई अघि बढेकाे छ ।

यस वर्षको पहिलो त्रैमासिकमा कार बिक्रीका सन्दर्भमा दोस्रो स्थानमा टोयोटाको उक्त मोडेलको बिक्री सङ्ख्या दुई लाख ५६ हजार ४०० युनिट रहेको छ ।

टोयोटा कोरोलालाई पछ्याउँदै टोयोटा हिलक्स तेस्रो स्थानमा छ । उक्त मोडेलका गाडी तीन महिनामा दुई लाख १४ हजार ७०० युनिट बिक्री भएका छन् ।

त्यस्तै तीन महिनाको अवधिमा दुई लाख ११ हजार युनिट एसयूभी बिक्री गरेर आएभी फोर मोडेल चौंथो स्थानमा परेको छ । यसैगरी तीन महिनाको अवधिमा एक लाख ६६ हजार २०० युनिट बिक्री भएर टोयोटाको क्यामरी सेडान पाँचौं स्थानमा परेको छ ।  

टेस्लाको मूल्य कटौती हुनु र कम्पनीको विश्वव्यापी रूपमा विस्तार हुनुले मोडेल वाईको बिक्री बढेको रिपाेर्टको निष्कर्ष छ ।

पछिल्लो अध्यावधिक: जेठ १३, २०८० १०:२३