close

नेपाल टेलिकमको गणतन्त्र विशेष अफर, ३९९ रुपैयाँमा ३० जीबी डेटा

टेकपाना टेकपाना

जेठ १४, २०८० ११:४२

नेपाल टेलिकमको गणतन्त्र विशेष अफर, ३९९ रुपैयाँमा ३० जीबी डेटा

काठमाडौं । नेपाल टेलिकमले राष्ट्रिय गणतन्त्र दिवस २०८० को अवसरमा आफ्ना ग्राहकका लागि गणतन्त्र विशेष अफर ल्याएको छ । 

यो अफर आज (२०८० जेठ १४) देखि सुरु भएर जेठ १६ गतेसम्म लागू हुनेछ । यस अन्तर्गत ४९ रुपैयाँमा एक दिनलाई मान्ने हुने १ एमबीपीएस अनलिमिटेड डेटा र नेपाल टेलिकमका नेटवर्कभित्र १०० मिनेट अन-नेट भ्वाइस सेवा उपलब्ध हुनेछ । 

त्यसैगरी यही अफर अन्तर्गत ९८ रुपैयाँमा तीन दिनका लागि मान्य हुने ६ जीबी डेटा, १९९ रुपैयाँमा सात दिनका लागि मान्य हुने १३ जीबी डेटा, २९४ रुपैयाँमा १० दिनका लागि मान्य हुने २० जीबी डेटा र ३९९ रुपैयाँमा १५ दिनका लागि मान्य हुने ३० जीबी डेटा प्याकेज लिन सकिन्छ ।

यो अफर *1415*11# टाइप गरेर प्रयोग गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० ११:४६