काठमाडौं । गत हप्ताबाट अमेरिकाका प्रयोगकर्ताको लागि मात्र सार्वजनिक भएको च्याटजीपीटीको आईओएस एप एक हप्तामा नै ४६ ओटा देशमा विस्तार भइसकेको छ । सबै देशहरुमा विस्तारै च्याटजीपीटीको आईओएस एप उपलब्ध गराउने ओपनएआईको वाचासँगै यसको विस्तार भइरहेको छ ।
हाललाई यो एप आईफोन प्रयोगकर्ताको लागि मात्र उपलब्ध छ । एन्ड्रोइडमा पनि चाँडै नै उपलब्ध गराउने कम्पनीको योजना छ । यो एप सार्वजनिक हुनभन्दा अगाडि प्ले स्टोर र एप स्टोरमा च्याटजीपीटी जस्तै देखिने धेरै नक्कली एपहरूले बजार कब्जा गरेको थियो ।
वेब र मोबाइल एपमा भएको कुराकानी सिंक गर्न मिल्ने फिचर सहित सार्वजनिक भएको यो एपको विस्तार अन्य देशमा पनि हुने कम्पनीले बताएको छ ।
च्याटजीपीटीको मोबाइल एप उपलब्ध भएका देशहरु:
- अल्बानिया - अल्जेरिया - अर्जेन्टिना - अजरबैजन
- बोलिभिया - ब्राजिल - क्यानडा - चिलि
- कोस्टारिका - क्रोएसिया - इक्वाडोर - एस्टोनिया
- फ्रान्स - जर्मनी - घाना - आयरल्यान्ड
- भारत - इराक - इजराइल - जमैका
- जापान - जोर्डन - काजकिस्तान - कोरिया
- कुवेत - लेबनान - लिथुआनिया - मोरितानिया
- मोरिसियस - मेक्सिको - मोरोक्को - नामिबिया
- नाउरु - नाइजेरिया - ओमान - पाकिस्तान
- पेरु - पोल्यान्ड - कतार - स्लोभानिया
- ट्युनिसिया - न्युजिल्यान्ड - बेलायत - यूएई
- अमेरिका - निकारागुआ
यो सूचीमा अन्य देश पनि जोडिदै जाने कम्पनीले बताएको छ ।
पछिल्लो अध्यावधिक: जेठ १४, २०८० १४:४१
