close

विश्वमै पहिलो पटक कसले, कहिले अनि किन बनाएको थियो होला पासवर्ड ?

टेकपाना टेकपाना

जेठ १४, २०८० १९:०

विश्वमै पहिलो पटक कसले, कहिले अनि किन बनाएको थियो होला पासवर्ड ?

काठमाडौं । सानोभन्दा सानो फोनमा पनि अहिले पासवर्ड राख्ने फिचर रहेको हुन्छ । पासवर्ड हाम्रो फोन तथा कम्प्युटरको सुरक्षाका लागि अहिले पनि निकै महत्त्वपूर्ण छ । यदि आज पासवर्ड हुँदैन  थ्यो भने थाहा छैन दुनियाँ कसरी काम गरिरहेको हुन्थ्यो ।

हामी आफ्नो स्मार्टफोन, ल्यापटप, ट्याब्लेट, पैसा तथा धन सम्पत्ति राख्ने लकरदेखि सामाजिक सञ्जाल तथा बैंकिङ अकाउन्टमा समेत पासवर्ड राखिरहेका हुन्छौं । तर के तपाईंले कहिल्यै सोच्नु भएको थियो, विश्वमै पहिलो पासवर्ड कहिले र कसले बनाएको थियो ।

आखिर त्यसको आवश्यकता किन पर्‍यो होला ? आज हामी यिनै विषयमा चर्चा गर्दै छौं । वास्तवमा विश्वकै पहिलो डिजिटल पासवर्ड एमआईटीका कम्प्युटर साइन्सका प्रोफेसर फर्नान्डो कोर्बाटोले सन् १९६१ मा बनाएका थिए ।

त्यसपछि पासवर्ड लोकप्रिय भयो र विस्तारै सबै स्थानमा यसको प्रयोग हुन हुँदै गयो । तपाईंलाई लागिरहेको होला आखिर यसको आवश्यकता किन पर्‍यो होला ?

वास्तवमा प्रोफेसर कोर्बाटोले इन्स्टिच्युटका अन्य शोधकर्ताहरूसँग मिलेर एक कम्प्युटर अपरेटिङ सिस्टम बनाएका थिए, जसमा सबै काम गर्न चाहन्थे । हरेकले कम्प्युटरमा आआफ्नो समय चाहन्थे ।

यो समस्याको समाधान खोज्न एमआईटीका प्रोफेसरले पहिलो पटक डिजिटल पासवर्ड बनाए र सबैलाई छुट्टाछुट्टै पासवर्ड छुट्याइदिए ताकि हर कसैले कम्प्युटरमा आफ्नो फाइलमा काम गर्न सकून् ।

डिजिटल पासवर्ड सुरुवात भएपछि जसैजसै यो लोकप्रिय हुँदै गयो, तब यसलाई तोड्ने उपाय समेत मानिसहरूले निकाले र ह्याक गरी पासवर्ड क्र्याक गर्न थाले । यो कुरालाई लिएर फर्नान्डो कोर्बाटोलाई पछुतो भयो ।

किन भने केही मानिसहरू पासवर्ड ह्याक गरी त्यसको गलत प्रयोग गर्न  थाले । त्यसो त अहिलेको समयमा पनि ह्याकिङ निकै धेरै हुने गर्छ र कतिपय आफ्ना अमूल्य डेटा मात्र नभएर पैसा समेत ह्याकरलाई सुम्पिन पुग्छन् ।

फर्नान्डो कोर्बाटोले त्यस अघि सन् १९४६ मा नोसेना अर्थात समुद्री सेनाको जागिर छोडेका थिए । त्यसपछि उनी क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीमा भर्ना भए र स्नातकको डिग्री हासिल गरे ।

त्यसपछि उनले सन् १०५६ मा एमआईटीबाट फिजिक्समा पीएचडीको डिग्री लिएर त्यहीँ प्रोफेसरको रूपमा काम गर्न लागे । एमआईटीमै उनले डिजिटल पासवर्ड पत्ता लगाए र सेवा निवृत्त हुन्जेलसम्म त्यहीँ काम गरिरहे । 

पछिल्लो अध्यावधिक: जेठ १४, २०८० १९:०