close

विदेशी मुद्रा आर्जन गर्ने आईटी कम्पनीलाई आयकरमा ५० प्रतिशत छुट घोषणा

टेकपाना टेकपाना

जेठ १५, २०८० २०:२५

विदेशी मुद्रा आर्जन गर्ने आईटी कम्पनीलाई आयकरमा ५० प्रतिशत छुट घोषणा

काठमाडौं । अब विदेशी मुद्रा आर्जन गर्ने सूचना प्रविधि (आईटी) कम्पनीले प्राप्त गरेको आयमा लाग्ने करमा ५० प्रतिशत छुट पाउने भएका छन् ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले आउटसोर्सिङ आम्दानीको करमा लाग्ने छुटको विषयमा नयाँ घाेषणा गरेका हुन् ।

“सूचना प्रविधिमा बिजनेस प्रोसेसिङ, आउटसोर्सिङ, सफ्टवेयर प्रोग्रामिङ, क्लाउड कम्युटिङ जस्ता सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गर्ने व्यक्तिलाई विदेशी मुद्रामा प्राप्त गरेको आयमा लाग्ने करमा ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छु,” उनले भने ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० २०:२५