close

अब ड्राइभिङ लाइसेन्स, पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि दुई सिफ्टमा सेवा दिइने

टेकपाना टेकपाना

जेठ १५, २०८० २०:४५

अब ड्राइभिङ लाइसेन्स, पासपोर्ट र राष्ट्रिय परिचयपत्रका लागि दुई सिफ्टमा सेवा दिइने

काठमाडौं । अब राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र लगायतका सेवा दुई शिफ्टमा उपलब्ध हुने भएको छ ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन् ।

“राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमति पत्र लगायतका सेवा सहज रूपमा उपलब्ध गराउन आवश्यकता अनुसार दुई सिफ्टमा सेवा प्रदान गरिने व्यवस्था मिलाइने छ,” उनले भने ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० २०:४५