close

इन्टरनेट एक्सचेन्ज सेन्टर बनाउँदै सरकार

टेकपाना टेकपाना

जेठ १५, २०८० २०:४४

इन्टरनेट एक्सचेन्ज सेन्टर बनाउँदै सरकार

काठमाडौं । सरकारले इन्टरनेट एक्सचेन्ज सेन्टर बनाउने भएको छ ।

सोमबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले डेटा सेन्टर तथा इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माणलाई तीब्रता दिने बताएका हुन् ।

“कोहलपुरमा डेटा सेन्टर र ललितपुरमा इन्टरनेट एक्सचेन्ज सेन्टरको निर्माणलाई तीब्रता दिन बजेट व्यवस्था गरेको छु,” उनले भने । साथै धरानमा डेटा सेन्टर र बुटवलमा इन्टरनेट एक्सचेन्ज सेन्टर निर्माणको सम्भाव्यता अध्ययन गरिने समेत अर्थमन्त्रीले प्रतिवद्धता दिएका छन् । 

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० २०:४४