close

एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्दा रु. १००० क्याशब्याक पाइने

टेकपाना टेकपाना

जेठ १६, २०८० १३:४५

एम बैंकबाट आइएमई पेमा पैसा लोड गर्दा रु. १००० क्याशब्याक पाइने

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको ‘आइएमई पे’ ले एम बैंक (mBank) मार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु. १००० क्याशब्याक प्रदान गर्ने अफर सार्वजनिक गरेको छ ।

सहकारी संस्थाका ग्राहकलाई विद्युतीय भुक्तानीतर्फ प्रेरित गर्ने उद्धेश्यका साथ आइएमई पेले एमबैंकमार्फत आइएमई पे वालेटमा पैसा लोड गर्ने ग्राहकलाई रु. १००० क्याशब्याक दिने भएको हो ।

सो क्याशब्याक अफरअन्तर्गत प्रत्येक हप्ता एक जना भाग्यशाली प्रयोगकर्ताले रु. १००० क्याशब्याक जित्न सक्नेछन् । क्याशब्याकको रकम विजेतालाई वालेटमा प्रदान गरिने बताइएकाे छ ।

यो क्याशब्याक अफर केही समयावधिका लागि मात्र लागू हुनेछ । केही समययता आइएमई पे र एम बैंकबीच सहकारी संस्थालाई डिजिटल भुक्तानीसँग जोड्ने उद्धेश्यका साथ यो सम्झौता भएको थियो ।

सो सम्झौतापत्र आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविन रेग्मी र एम बैंकका प्रमुख कार्यकारी अधिकृत विष्णु महर्जनले हस्ताक्षर गरेका थिए ।

पछिल्लो अध्यावधिक: जेठ १६, २०८० १३:४५