close

आईपीएल फाइनलमा विजयी चौका प्रहार गरेपछि १५ घण्टामै ५ लाखले बढे रविन्द्र जडेजाका फलोअर

टेकपाना टेकपाना

जेठ १६, २०८० १७:५८

आईपीएल फाइनलमा विजयी चौका प्रहार गरेपछि १५ घण्टामै ५ लाखले बढे रविन्द्र जडेजाका फलोअर

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको १६औँ संस्करण सकिएको छ । साेमबार फाइनल खेलमा महेन्द्रसिंह धोनी नेतृत्वमा रहेको चेन्नई सुपर किङ्स (सीएसके) लाई विजयी बनाउन अन्तिम चौका प्रहार गर्ने रविन्द्र जडेजा अहिले चर्चामा छन् ।

खेल भइरहँदा उनको इन्स्टाग्राम अकाउन्टमा ५५ लाख फलोअर रहेका थिए ।

उपाधि जितेको १५ घण्टा नबित्दै जडेजाको अकाउन्टमा पाँच लाख फलोअर थपिएका छन् । हाल जडेजालाई इन्स्टाग्राममा ६० लाख बढी अकाउन्टले फलो गरेका छन् ।

सोही खेलमा विपक्षी टिम गुजरात टाइटान्सबाट खेलेका २३ वर्षीय शुभमन गिलले पनि चर्चा पाइरहेका छन् । हाल गिलको इन्स्टाग्राममा ६३ लाख बढी फलोअर रहेका छन् ।

No description available.

No description available.

पछिल्लो अध्यावधिक: जेठ १६, २०८० १७:५८