close

‘आइएमई पे’ लाई सुरक्षित डिजिटल वालेटको मान्यता

टेकपाना टेकपाना

जेठ १९, २०८० १९:४

‘आइएमई पे’ लाई सुरक्षित डिजिटल वालेटको मान्यता

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको डिजिटल वालेट आइएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणीकरण प्राप्त गरेको छ । सिसा इन्फरमेसन सेक्युरिटी नामक साइबर सुरक्षा कम्पनीले आईएमई पेलाई यस्ताे प्रमाणीकरण प्रदान गरेकाे हाे ।

सिसा पीसीआई डीएसएसले सिसा पेमेन्ट कार्ड इन्डस्ट्री डेटा सेक्युरिटी स्ट्यान्डर्डलाई जनाउँछ । यस्तो प्रमाणीकरण पाउनका लागि कम्पनीहरूले डेटा ब्रिचका जोखिम कम गरेको, आफूप्रति ग्राहकको विश्वसनीयता बढाएको, अन्तर्राष्ट्रिय स्तरको सुरक्षा प्रदान गरेको, ग्राहकको निजी तथा संवेदनशील जानकारी सुरक्षित राखेको प्रमाणित गरेको हुनुपर्छ ।

आईएमई पेले यी सबै प्रक्रिया पुर्‍याएर प्रमाणीकरण पाएको जनाएको छ । नेपालबाट यो प्रमाणीकरण पाउनेमा आफू एक्लो भएको कम्पनीको दाबी छ ।

"सो प्रमाणीकरण प्रत्येक वर्ष हुने अडिटपश्चात नवीकरण गरिन्छ," आईएमआई पेले विज्ञप्ति जारी गर्दै लेखेको छ, "यसै क्रममा यो वर्ष पनि आइएमई पेले सिसा पीसीआई डीएसएस प्रमाणको सम्पूर्ण मापदण्ड पुर्‍याएर नवीकरण गरेको छ ।"

पछिल्लो अध्यावधिक: जेठ १९, २०८० १९:४